मंसिर १४, २०८०
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
विराटनगर | साउन १९, २०८१
विराटनगरका नवराज विष्टको संघर्ष र सफलता प्रेरणादायी छ । कुनैबेला बुवासँग एक हजार रुपैयाँ मागेर घरबाट पढ्न भनेर विराटनगर आएका उनी अहिले होटेलको मालिक छन् । तर, मालिकसम्म बन्न उनले गरेको संघर्ष भने कम छैन । खर्च अभाव भएपछि कुनै बेला उनले होटेलमा वेटरको कामसमेत गरे ।
नवराजले वि. सं २०६१ सालमा एसएलसी दिएका थिए । एसएलसी पास गरेपछि उनी आफ्नो भविष्य खोज्दै काठमाडौं गएका थिए । तीन महिना जति काठमाडौं बसे । काठमाडौंमै बसेर पढ्ने उनको सपना थियो ।
गाउँमा उच्च शिक्षाका लागि राम्रा कलेजहरू नभएपछि उनले काठमाडौंमै पढ्ने योजना बनाए । आर्थिक अवस्था ज्यादै न्यून भएकाले तीन महिनामै काठमाडौंमा पढ्न सकिँदैन भन्ने निष्कर्ष उनले निकाले । अनि काठमाडौं छोडेर विराटनगर आए ।
नवराजको जन्म भने खोटाङको तत्कालीन याम्ख गाविस हाल (दिप्रुङ चुइचुम्मा गाउँपालिका)को डाँडा गाउँमा भएको थियो । बाँदरको हैरानी तथा खान/लाउन नै समस्या भएपछि उनको परिवार विसं २०५७ सालमा सप्तरीको फत्तेपुर नगरपालिकामा बसाइँ आएका थिए । हाल उनीहरूको सप्तकोशी नगरपालिकामा पनि जग्गाजमिन छ ।
अलि–अलि जग्गाजमिन भए पनि नवराजका बुवा खड्गबहादुर विष्टसँग छोरालाई दिन पर्याप्त पैसा थिएन । त्यही कारण नवराजले बुवाबाट जम्मा एक हजार रुपैयाँ पाए । त्यही लिएर उनी विराटनगर आएका थिए । विराटनगर आउँदा आफूले एक हजारका अलावा खाना पकाउने भाँडा बोकेर आएको उनी सम्झिन्छन् । एउटै भाँडोमा दाल, भात र तरकारी पकाएर उनले डेढ महिना काम चलाए ।
अनि नवराज विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा पढ्न थाले । त्यो पैसा र सामग्रीले धेरै धान्ने कुरा भएन । यसपछि उनले साथीभाइसँग अइँचोपैँचो गरेर ६ महिना जति धाने । ‘एक जना दिदीसँग सरसल्लाह गरेर उहाँकै घरमा बस्ने योजना बनाएर आएको थिएँ,’ उनले भने ‘दिदीको आर्थिक अवस्था पनि मैले सोचेजस्तो थिएन । यस्तोमा मलाई पहिलो गाँसमै ढुङ्गा लागिहाल्यो । अनि साथीभाइसँग सरसापटी गर्नुपरेको हो ।’ करिब ६ महिनापछाडि नवराजले विराटनगरकै रत्ना होटेलमा काम पाए । होटेलमा वेटरको रूपमा उनले काम थाले ।
गाउँमा जन्मेका नवराजलाई वेटरको काम भने बिल्कुलै नयाँ थियो । तैपनि उनले त्यहाँ मासिक दुई हजार ५०० तलब पाउन थाले । घरबाट हजार रुपैयाँ लिएर हिँडेकाले उनलाई २५ सय ठुलो लागेको थियो । एक हजारले विराटनगरमा त्यति बेला एक महिना खर्च टथ्र्याे । यसरी हेर्दा २५ सय त धेरै थियो ।
नवराज बिहान कलेज पढ्थे भने दिउँसो होटेलमा काम गर्थे । निरन्तर दुई वर्ष त्यही होटेलमा काम गरे । त्यसपछि त्यहाँ छोडर उनले एउटा गार्मेन्ट उद्योगमा मार्केटिङको काम पनि शुरू गरे । सिकारुको रूपमा होटेलमा प्रवेश गरेका नवराजलाई मार्केटिङको काम पनि नयाँ थियो । ६ महिनाजति ब्याग उद्योगमा काम गरेपछि रत्ना होटेलेले फेरि उनलाई बालायो । तलब झण्डै डबल बनाइदिने भनेपछि उनी फेरि रत्नामै गएका थिए ।
तलब बढेर चार हजार ५०० पुगेको थियो । उनले त्यहाँ २०६७ सम्म काम गरे । कक्षा ११–१२ उनले काम गर्दै उतीर्ण गरेका हुन् । स्नातक (ब्याचलर) पनि उनले होटेलमै काम गर्दै पढ्न शुरू गरे । २०६७ सालमा उनलाई अर्काे अवसर आइलाग्यो । धनकुटाको हिलेको कान्जिरोवा होटेलको म्यानेजमेन्ट गर्ने अफर आयो । पदसँगै तलब पनि तीन गुणा बढ्नेगरी अफर आएको थियो । त्यो अफरलाई रत्ना होटेलकै सुपरभाइजरसहितको म्यानेजमेन्ट टीमले सहज बनाइदिए । अनि उनी म्यानेजर बने ।
तलब बढेसँगै जिम्मेवारी पनि थपिएकाले शुरूमा आफूले ‘प्रेसर’ लिएर काम गर्नुपरेको नवराजले बताए । ‘जिम्मेवारी लिएर काम गर्नुपरेपछि एक महिना भने निक्कै गाह्रो भएको थियो,’ उनले भने, ‘नयाँ काम भएकाले ठूलो मेहनत गर्नु परेको थियो । दोस्रो महिनादेखि कामले रफ्तार लिन थाल्यो । अनि केही सहज महसुस गरेँ ।’ उनले साढे तीन वर्ष त्यही होटेलमा काम गरे । त्यो बेला उनको तलब १५ हजार थियो ।
नवराजले २०६९ मा विराटनगरमा आफ्नै गार्मेन्ट उद्योग खोल । हिलेमै होटेलमा काम गर्दैगर्दा नै उनले झोला बनाउने गार्मेन्ट उद्योगमा लगानी गरेका हुन् । केही गर्नुपर्छ भन्ने जोश–जाँगरले दुई लाखजति लगानी गरेर झोला बनाउने गार्मेन्ट उद्योग खोलेको उनले बताए । त्यो उद्योग उनले २०७३ सम्म सञ्चालन गरे । तर, उनले सोचेजस्तो व्यापार भने गर्न सकेनन् । २०७० को अन्तिमतिर उनले हिलेबाट विराटनगर नै आएर आफ्नो उद्योगलाई समय दिएका थिए ।
गार्मेन्ट खोले पनि नवराजको रस भने होटेल व्यवसायमै पसिसकेको थियो । त्यो बेला उनले गार्मेन्ट सँगसँगै विराटनगरकै होटेल प्यासेफिकको पनि म्यानेजमेन्ट हेर्न थालेका थिए । होटेल प्यासेफिककै सर्कल भन्ने अर्काे पनि रेस्टुरेन्ट थियो । त्यो रेस्टुरेन्टसहित गरेर उनलाई दुई हजार ८०० तलब दिइन्थ्यो । तर, उनले अझै दुई हजार तलब बढाइदिन मालिकसँग आग्रह गरेका थिए ।
तर, मालिकले तत्काल नै तलब बढाउन नसक्ने जवाफ दिएपछि उनले काम छोड्ने निधो गरे । त्यसपछि उनले रुबिज इन्टरनेसनल होटेलमा लगानी गरे । त्यो होटेल त्यति बेला विराटनगरको ट्राफिक चौकमा थियो । होटेलमै काम गरेर खारिएको अनुभव भएकाले उनलाई त्यहाँ सहज पनि थियो ।
एक जना पार्टनर विश्वबन्धु खड्का र नवराज मिलेर त्यो होटेलमा लगानी गरेका थिए । पछि खडकाले पार्टनरसिप छोडे । डेढ लाख रुपैयाँ सापटी लिएर होटेलमा लगानी गरेको उनी सुनाउँछन् । मासिक १ लाख १० हजार भाडा तिर्नुपथ्र्याे । मार्केटले पत्याएको र समय परिस्थितिले समेत साथ दिएकाले उनले सोचेभन्दा राम्रो प्रगति गरे ।
मेहनत सँगसँगै इमान्दारीता ठूलो कुरा भएको उनी बताउँछन् । उनलाई त्यति बेला ठूलै जोखिम मोले भन्ने डर पनि लागेको थियो । पहिलो महिना नै उनले खर्च कटाएर डेढ लाख बचत गरेका थिए । उनलाई उत्साह पनि थपियो । लगानी थप्दै लगे । कोभिडले थिलथिलो बनाउँला भन्ने डर पनि उनीमाथि थियो । तर, संयोगले कोभिडको बेला पनि प्रदेश सरकार तथा अन्य सरकारी कार्यालयहरूको काम पाएकाले सहज भएको उनले बताए ।
होटेलकै आम्दानीले विराटनगरमा घडेरी किनेर घर पनि बनाइसकेका छन् । भेडेटार र इटहरीमा शाखा विस्तार गर्ने उनको तयारी छ । होटेलमा तीन जनाको लगानी भए पनि व्यवस्थापन भने उनले नै हेर्ने गरेका छन् ।
विराटनगरको ट्राफिक चोकबाट सारेर उनले मुनाल पथमा जग्गा भाडामा होटेल सञ्चालन गरिरहेका छन् । उनीहरूको लगानी अढाइ करोड पुगेको छ । सोचेभन्दा राम्रो होटेलले आमदानी गरिरहेको उनीहरू बताउँछन् ।
अन्य लगानी कर्तामा उनकै मामाका छोरा कविराज थापा र उपेन्द्र यादव छन् । उनी राजनीतिक तथा सामाजिक काममा पनि व्यस्त छन् । उनी नेपाल रग्बी खेलकुद संघको कोशी प्रदेशको सचिव हुन् । दैनिक १७ घण्टा काम गर्ने गरेको उनले बताए ।
उनको सफलताको पछाडि श्रीमती अम्बिका बुढाथोकीको ठूलो हात रहेको उनी बताउँछन् । माइतीबाट सुनका गरगहनाहरू ल्याएर पनि उनले व्यवसाय गर्न पैसाको जोहो गरेकी थिइन् ।
‘आफ्ना इच्छा आकांक्षालाई मारेर भए पनि श्रीमतीले सहयोग गरेका कारण मलाई सफलता मिलेको छ,’ नवराजले भने, ‘मेरो सफलताको श्रेय उनैलाई जान्छ । श्रीमती पनि मोरङकै बुढिगंगा स्वास्थ्य चौकीमा अहेव पदमा कार्यरत छिन् । अरुकोमा काम गर्ने नवराजले अहिले १७ जनालाई रोजगारी दिएका छन् ।
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...
हिन्दी चलचित्र ‘थ्री इडियट्स’मा एक पात्र छन् फरहान । फोटोग्राफीमा रुचि भएका उनी परिवारको इच्छाका लागि इन्जिनियर पढिरहेका हुन्छन् । उही पात्रले पछि आफनो रुचि रोजेर पेशागत रूपमा प्रगति गर्छन् । उनी चर्चि...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...
केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो । बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...
नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...