
एनएमबि बैंकले एसियाली पाराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो काश्य पदक दिलाउन सफल पारातेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई सम्मान गरेको छ ।
उनको अभूतपूर्व उपलब्धिको सम्मानमा गोवर्द्धनलाई नगद पुरस्कार ५ लाख १ हजार रुपैयाँ र उनका प्रशिक्षक कविराज नेगी लामालाई १ लाख १ हजार रुपैयाँ प्रदान गरिएको बैंकले जनाएको छ ।
पलेशा गोवर्द्धनको प्रतिनिधित्व गरी उनको अभिभावकले उक्त नगद ग्रहण गरेका थिए।
पलेशाको उपलब्धि र नेपालमा खेलकुदको भावनाको सम्मान गर्दै बैंकको विशेष समारोहमा गोवर्द्धन र उनका प्रशिक्षकलाई सम्मान स्वरूप नगद हस्तान्तरण गरिएको हो ।
एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८७ एटीएम र ११ एक्स्टेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।