
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४९.५७ अंकले बढेको छ ।
बुधवार नेप्से ४९.१८ अंकले बढेर २५१९.५७ को बिन्दुमा अडिएको हो । यस दिन बजारमा १ करोड २४ लाख ९८ हजार ९८९ कित्ता शेयरको खरिदबिक्री हुँदा ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो कारोबार दिन मंगलवार नेप्से ५८.९३ अंकले घटेर २४७०.३९ को बिन्दुमा कायम भएको थियो ।
यस दिन बजारमा १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार रुपैयाँको कारोबार भएको थियो ।
आज शेयर बजार बढे पनि कारोबार रकम भने खुम्चिएको छ ।
आजको कारोबारमा विन नेपाल लघुवित्त वित्तीय संस्था, न्यादी हाइड्रोपावर, युनिक नेपाल लघुवित्त वित्तीय संस्था, सगरमाथा जलविद्युत् कम्पनी र थ्री स्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।
यी सबै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।