![बगर बने नख्खु किनाराका प्लटिङ, २ दिनदेखि घरभित्रको हिलो सोहोर्दै स्थानीय [तस्वीर]](https://lktcdn2.prixacdn.net/media/nakhu_khola_corridor_13_FN6JeSwmbp.jpg)
शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि शनिबार आएको बाढीले ललितपुरको नख्खु खोला करिडोर उजाड बनेको छ ।
हिलो पसेका कारण खोला किनाराका घरहरू बस्न नमिल्ने भएका छन् । खोला किनाराका अधिकांश घरको भुइँतलामा हिलो भरिएको छ ।
टिनका टहरा र छाप्रो बाढीले बगाएर बस्नै नमिल्ने अवस्थामा रहेका छन् ।
आइतबारबाट पानी पर्न रोकिएसँगै सो क्षेत्रका मानिसहरू घर सफा गर्न, बाँचेका सामानहरू सुरक्षित स्थान तिर लाग्न व्यस्त देखिन्छन् ।
टीका भैरवदेखि नख्खु दोभानसम्मका खोला किनाराका टहरामा क्षति पुगेको छ ।
खोला किनाराका प्लटिङ बगर बनेका छन् ।
टीकाभैरव क्षेत्रमा गएको बाढीले खोलामा रुखका ठूला मुडा ल्याएको छ ।
खोला किनारामा रहेका साना टहरा सबै बाढीले बगाएको छ ।
हेर्नुहोस् तस्वीर






















