![फूलपाती बढाइँका लागि सिंङ्गारिँदै टुँडिखेल [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/fulpati_badhai_tudikhel_1_K3Ssda3kMm.jpg)
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँको तयारी भइरहेको छ । बडादशैंको सातौं दिन आयोजना हुने फूलपाती बढाइँ कार्यक्रमका लागि टुँडिखेललाई सिङ्गार्ने काम भइरहेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह गरिने छ ।
बढाइँ कार्यक्रममा सैनिक हेलिकप्टरद्वारा फूलपाती बढाइ समारोह–२०८० लेखिएको ब्यानर प्रदर्शन, पुष्पवृष्टिका साथै राष्ट्रिय गीतसहित विभिन्न धुन प्रस्तुत गर्ने गरिन्छ ।

नेपाली सेनाले फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ प्रस्तुत गर्ने गरेको छ ।
बडादशैंका सन्दर्भमा गरिने फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने पुरानै चलन हो ।

गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोकाको दशैंघरमा भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फूलपाती बढाइँ गरिन्छ।

