०८ साउन २०८३, शुक्रबार

नेपाल बारका अध्यक्ष घिमिरेलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

कात्तिक १, २०८१
काठमाडौं
नेपाल बारका अध्यक्ष घिमिरेलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र डा. कुमार चुडालको संयुक्त इजलासले बिहीबार बाटोको म्यादबाहेक सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको हो ।

'निवेदकको माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुद प्रमाणसहित म्याद सूचना पाएको मितिले बाटोको म्यादबाहेक ७ (सात) दिनभित्र आफै वा आफ्नो कानूनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नु भनी आदेश र निवेदनको प्रतिलिपिसमेत साथै राखी विपक्षीको नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार गरी पेश गर्नु,' आदेशमा उल्लेख छ ।

सर्वोच्च अदालतमा कार्यरत उपरजिष्ट्रार गोविन्द घिमिरेको प्रतिवेदनको आधारमा गोपालकृष्णविरुद्ध अवहेलनाको मुद्दा दायर भएको थियो ।

दशैं बिदा अघि नै दायरा भएको उक्त रिटको सुनुवाइ कात्तिक १ गतेका लागि तोकिएको थियो ।

न्यायाधीश नियुक्तिमा तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लेनदेन गरेको आरोप गोपालकृष्णले लगाएको भन्दै अवहेलना मुद्दा दर्ता गरिएको हो । 

पछि उपरजिष्ट्रार घिमिरेले आफू कसैको गोटी नबन्ने भन्दै अवहेलना मुद्दाको निवेदन फिर्ता लिने सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए । 

null

salt training

कमेन्ट गर्नुहोस्