![पोखरामा चौथो दिन पनि रवि लामिछानेको पक्षमा प्रदर्शन [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/rabi_lamichhane_supporter_in_pokhara__1_HfAvFScG4J.jpg)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा आज पनि पोखरामा विरोध प्रदर्शन भएको छ ।
सहकारी ठगी प्रकरणमा लामिछाने गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका थिए । शनिबार बिहान उनलाई पोखरा ल्याइएको थियो ।
उनको समर्थनमा शनिबारबाटै प्रदर्शन हुन थालेको हो ।
आज चौथो दिन प्रदर्शनकारीहरू जिरो किलोबाट अमरसिंह चोकसम्म पुगेका छन् ।
तस्वीरहरू






