०४ साउन २०८३, सोमबार

पोखरामा रास्वपाको प्रदर्शन, ओलीविरुद्ध चर्को नाराबाजी [तस्वीरहरू]

निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार
कात्तिक २०, २०८१
कास्की
पोखरामा रास्वपाको प्रदर्शन, ओलीविरुद्ध चर्को नाराबाजी [तस्वीरहरू]

सहकारी ठगी प्रकरणमा अनुसन्धानको लागि पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको पक्षमा भएको प्रदर्शन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चर्का नाराबाजी भएको छ । 

null

लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि मंगलबार अदालत लैजाँदै गर्दा बाहिर रास्वपा कार्यकर्ताले प्रदर्शन गरेका थिए । 

निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि प्रहरीले अश्रुग्यास चलाएको थियो । त्यसपछि आक्रोशित कार्यकर्ताले प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी गरेका हुन् । 

null

सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । 

लामिछानेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि मंगलबार नै कास्की जिल्ला अदालतमा पेस गरिएको छ । यसअघि पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण उनी प्रहरी हिरासतमै छन् । 

null

कात्तिक १४ मा म्याद सकिए पनि तिहार बिदा भएकाले आज मात्रै उनलाई अदालतमा उपस्थित गराउन लागिएको हो । लामिछानेलाई शुरूमा ६ दिन र त्यसपछि ७ दिन अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । 

null

लामिछानेमाथि सहकारीको रकम अपचलनसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान भैरहेको छ । 

null

यसैगरी, रूपन्देहीमा पनि लामिछानेविरुद्ध पूरक जाहेरी आएको र पक्राउ पुर्जी पनि जारी भइसकेकाले बयानका लागि उनलाई त्यहाँ पनि लगिने छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले उनलाई उपस्थित गराइदिन पत्राचार गरिसकेकाले कास्कीमा अदालती प्रक्रिया सकिएपछि त्यता लगिने छ ।

salt training

कमेन्ट गर्नुहोस्