०३ साउन २०८३, आइतबार

'पहाडकी रानी' बन्दीपुरमा पर्यटकको चहलपहल [फोटो फिचर]

कात्तिक २४, २०८१
काठमाडौं
'पहाडकी रानी' बन्दीपुरमा पर्यटकको चहलपहल [फोटो फिचर]

तनहुँको बन्दीपुर उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ ।  कोलाहल, धुवाँधुलोबाट टाढा घुम्न जाने सोच बनाएकाहरूलाई पहाडकी रानी नामले परिचित बन्दीपुरमा पर्यटकीय चहलपहल बढेको छ । 

null

सदरमुकाम दमौलीदेखि डुम्रे हुँदै १८ किलोमिटर र आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ। 

भक्तपुरे शैलीमा बनेका इँट्टाका घर । बुट्टा भरेका आँखीझ्याल । कलाले सिँगारेका टुँडाल । शान्त बजार, त्यहीँ बजारको बीचमा ढुंगाको छपनीले चिठेको बाटो, जहाँ मोटर गाडी गुडाउन बन्देज छ । 

null

भीमसेनको मन्दिर । थानीमाई, खड्गदेवी । तीनधारेको चिसो पानी । एक हजार ३० मिटरको उचाइमा फराकिलो टुँडिखेल, जहाँबाट उत्तरतर्फ फर्कंदा आँखै अगाडि देखिन्छन् अन्नपूर्ण, धौलागिरि, लमजुङ, मनास्लु, बौद्ध, फिस्टेल हिमालसँगै १९ वटा हिम चुचुरा ।

null

मर्स्याङ्दी नदीले बनाएको सुन्दर उपत्यका पनि । हिम चुचुराबाट आएको हावाको झोँक्काले मुटुमा स्पर्श गर्छ र फेरि आउन निम्तो दिन्छ । यिनै विशेषताले २५० वर्षे लामो इतिहासमा पहिले व्यापारिक गढी कहलिएको बन्दीपुर अहिले पर्यटकीय शहर बनेको छ । 

घुम्न आउने घुमन्तेले यो शहरलाई उपमा दिए ‘पहाडकी रानी बन्दीपुर,' जुन विश्वभर प्रख्यात छ । 

null

सिजन शुरू हुने बेला भएकाले पर्यटकको चहलपहल हुनेमा व्यवसायी आश्वस्त छन्। जाडो मौसम शुरू भएसँगै बन्दीपुर घुम्न आउने पर्यटकको चहलपहल बढ्छ। 

null
बन्दीपुर घुम्न आउने पर्यटकलाई यहाँका पर्यटकीय एवं ऐतिहासिकस्थलको बारेमा जानकारी दिने गरिएको छ। बन्दीपुरमा ढुंगाले छापेको बाटोबाट सवारीसाधन जान निषेध गरिएको र पुराना घर भएकाले पनि विदेशी आकर्षित हुने गरेका छन् ।

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्