०८ साउन २०८३, शुक्रबार

१० नवजात शिशुको मृत्यु भएको घटना अध्ययनका लागि चार सदस्यीय समिति गठन

मंसिर १, २०८१
काठमाडौं
१० नवजात शिशुको मृत्यु भएको घटना अध्ययनका लागि चार सदस्यीय समिति गठन

१० जना नवजात शिशुहरूको ज्यान जानेगरी भएको झाँसी मेडिकल कलेज आगलागी घटनाको जाँचबुझका लागि सरकारले चार सदस्यीय समिति बनाएको छ । समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । 

घटना १० नवजात शिशुको मृत्यु भएको थियो भने १६ जना गम्भीर घाइते छन् । उनीहरूको उपचार चलिरहेको छ। शुक्रबार राति भएको घटना विद्युत सर्टका कारण भएको बताइएको छ । घटनाको समयमा वार्डमा ५५ जना नवजात शिशुहरू भर्ना भएका थिए । 

सरकारले गठित गरेको जाँच समितिको नेतृत्व डीजीएमईले गर्नेछन्। समितिलाई आगलागीको कारण र अस्पताल प्रशासनको जिम्मेवारीको मूल्याङ्कन गर्न कार्यभार दिइएको छ।

अस्पताल प्रशासनको लापरवाहीको आरोप

घटनापछि अस्पताल प्रशासनको लापरवाहीबारे पनि प्रश्न उठेको छ। केही मिडिया रिपोर्ट अनुसार, अस्पतालका आगो निभाउने उपकरण एक्सपायर भइसकेका थिए । अलार्म पनि ठीकसँग काम गरिरहेका थिएनन्। 

यद्यपि, मेडिकल कलेजका प्रमुख डा. नरेन्द्र सिंह सेंगरले यी आरोपहरू सत्य नरहेको बताएका छन्। उनका अनुसार, अस्पतालमा कूल १४६ आगो निभाउने उपकरणहरू छन् र दुर्घटनाको समयमा एनआईसीयूको आगो निभाउने उपकरण समेत प्रयोग गरिएको थियो।

यस घटनाप्रति उत्तर प्रदेशका उपमुख्यमन्त्रीले भनेका छन्, 'योगी आदित्यनाथ सरकार मृतकका परिवारको साथमा छ । उनीहरूका लागि सबै प्रकारको सहायता उपलब्ध गराउन सरकार तत्पर रहेको छ।' 

उनले घटनास्थलमा रहेका कर्मचारी, डाक्टर र उद्धार टोलीको बहादुरीका कारण धेरै बच्चाको ज्यान जोगिएको बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्