×

NMB BANK
NIC ASIA

काठमाडौं ९ को चुनाव- जितेपनि हारेपनि ह्याट्रिक

कात्तिक २४, २०७४

NTC
Premier Steels

काठमाडौं, २४ असोज – मुलुकभर चुनावी सरगर्मी तातिरहेका बेला काठमाडौंको ९ नम्बर क्षेत्रमा भने चुनावी प्रचार प्रसार अन्य ठाउको तुलनामा सामान्य देखिएको छ । यस क्षेत्रबाट प्रतिनिधि सभाका लागि वामगठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ र कांग्रेसका उम्मेदवार ध्यान गोविन्द रञ्जित घरदैलो र प्रचारको तालिका बनाइरहेका छन् । 

Muktinath Bank


तर विवेकशील साझा पार्टीले भने घरदैलो अभियान थालिसकेको छ । सामाजिक सञ्जालमा देखिएको विवेकशील साझाको चर्चा काठमाडौं – ९ का जनतामा भने पुगिसकेको छैन् । विवेकशीलका तर्फबाट मिलन पाण्डे उम्मेदवार छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


चुनाव प्रसारका लागि कांग्रेस, एमालेले कार्यालय खोलेर कार्यकर्ता भेलामा जुटेका छन् । कांग्रेसका तर्फबाट काठमाडौं – ९ को प्रचारको तयारीमा जुटेका कांग्रेस कार्यकर्ता सुर्वण थापाले भोलिदेखि प्रचार थालिने बताए । ‘हामी अहिले योजना बनाइरहेका छौं, कसरी प्रभावकारी रुपमा घरदैलो अभियान थाल्न सकिन्छ भनेर छलफलमा जुटेका छौं, घरदैलो अभियान थालेपछि चुनावसम्मै अभियान चलिरहन्छ ।’, थापाले लोकान्तरसंग भने । 


Advertisment
Nabil box
Kumari


वाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ भने प्रचारअघि नै व्यक्तिगत भेटघाटमा जुटिसकेका छन् । श्रेष्ठले व्यक्तिगत रुपमा चिनेजानेकासँग भोट माग्दै गर्दा वाम गठबन्धन निकट कार्यकर्ताले भने चुनावी प्रसारलाई प्रभावकारी बनाउन तहगत प्रसार समिति निर्माण गरिरहेका छन् । 

Vianet communication


प्रचार प्रसार समितिका संयोजक अनन्त सिग्देलले वाम गठबन्धनले पर्सी २६ गतेबाट चुनावी प्रसार थालिने बताए । ‘हामीले नागार्जुन नगरपालिकाको वडा ८ बाट प्रसार थाल्ने योजना बनाएका छौं, त्यसपछि निरन्तर रुपमा सक्रिय हुन्छौं ।’, सिग्देलले लोकान्तरलाई बताए ।


नेपाली कांग्रेस र वाम गठबन्धन छुट्टा छुट्टै रुपमा चुनावी प्रचारमा उत्रिए पनि यी दुवैको शैली लगभग एकनासको र एकैपटक हुने देखिएको छ । दुवैले एउटै खाले चुनावी शैली र योजना बनाएका छन् भने काठमाडौं – ९ मा दुवै नेताले आफ्नो जीतको दाबी गरिरहेका छन् । तर चुनावको रौनक छाएको बेला आम जनतामा चुनावले खासै प्रभाव भने पारेको छैन ।


विवेकशील साझाका उम्मेदवार प्रचारमा जुटे


नेपाली कांग्रेस र वाम गठबन्धनले चुनावी प्रसारको योजना तयार पारिरहँदा विवेकशील साझा पार्टीका सदस्य भने चुनावी प्रचारमा उत्रिसकेका छन् । काठमाडौं – ९ मा विवेकशील साझा पार्टीका तर्फबाट उम्मेदवारी दिएका मिलन पाण्डे सक्रियताका साथ प्रचारमा लागेका छन् । नागार्जुन, सीतापाइला क्षेत्रका जनतासँग भोट माग्दै गरेका विवेकशील साझा पार्टीका मिलन निरौलाले आफूहरुले जनतालाई परिवर्तनका लागि भोट दिन आग्रह गरेको बताए । 


‘हामी बिहानैदेखि प्रचारमा छौं, र आज सकभर धेरै क्षेत्र भ्याउने उद्देश्यले बेलुकासम्म नै प्रचारमा लाग्नेछौं’, निरौलाले भने, ‘हामीले पर्चा र भेटघाटको माध्यमबाट जनतालाई बुझाउन खोजिरहेका छौं, भेट्न नपाएका जनताको घरमा पर्चा छोडेर आएका छौं ।’ उनीहरुले बाजागाजासहितको प्रचार शैली भने अपनाएका थिएनन् ।


चुनावबारे जनता अझै अलमल


काठमाडौं – ९ का जनतालाई भने अझैसम्म चुनावले छोएको छैन । ठूला दलले घरदैलो अभियान शुरु नगरिसकेको तर साना दलले थाले पनि त्यसको प्रभाव पूर्णतः नपरेको मतदातामा देखिएको छ । 
काठमाडौं सीतापाइलाका राजीव श्रेष्ठले कुनै दल पनि भोट माग्न नआएको बताए । ‘चुनाव लागेको समाचार त सुनिन्छ तर हामीकहाँ अझै भोट माग्न आएका छैनन्’, उनले भने, ‘भोट माग्न आउनेमध्ये जसको विश्वास लाग्छ, उसैलाई दिनुपर्ला ।’


चुनावबारे बुझेका जनताले पनि यसपटकको चुनावप्रति खासै रुचि देखाएका छैनन् । 


नागार्जुन नगरपालिका, वडा नं. ५ का हितमान तामाङले आफूलाई चुनावमा खासै रुचि नभएको बताए । आफू कति नं. क्षेत्रमा भोट हाल्दैछु भन्ने पनि उनले थाहा नभएको बताए । ‘पहिले पनि भोट हालेको हो, केही फरक परेन, मलाई त भोट हाल्न मन छैन ।’, उनले भने ।


जागरुक र राजनीतिप्रति रुचि राख्ने जनता भने चुनावप्रति चासो देखाएका छन् । नैकापकी सुशीला पोखरेलले राम्रो उम्मेदवार चुनेर मत हाल्ने बताइन् । ‘हामीले राम्रो उम्मेदवार चुन्ने हो, जुनै पार्टीको भए पनि फरक पर्दैन ।’, उनले भनिन् ।


चुनाव नजिकिँदै गर्दा केही जनतालाई चुनाव हुने मितिमै अन्यौलता देखिएको छ । तर उम्मेदवार र कार्यकर्तालाई चुनावी रन्कोले गाँजेको छ । 
केही जनताले पुरानै पार्टीलाई भोट दिनेमा रुचि देखाएका छन् भने केही जनताले विकल्पको खोजी गरेका छन् । कसलाई भोट हाल्ने भन्नेमा काठमाडौं – ९ का जनता अझै पनि अलमलमै देखिन्छन् भने केहीले राम्रा उम्मेदवार चुनिसकेको बताउँछन् ।


ध्यान गोविन्द कि कृष्णगोपाल ? 


संविधानसभाका दुइवटा निर्वाचनमा कांग्रेसका ध्यानगोविन्द रञ्जित विजयी भएका थिए । २०६४ सालको संविधानसभा चुनावमा त्रिपक्षीय प्रतिष्पर्धामा रञ्जित विजयी भएका थिए । रञ्जितले १२ हजार ५ सय १ मत पाउँदा माओवादीका माइला लामाले १२ हजार २ सय ९२ मत पाएका थिए । यस्तै एमालेका कृष्णगोपाल श्रेष्ठले १२ हजार १ सय ९४ मत पाएका थिए । 


दोस्रो संविधानसभा चुनावमा पनि एमालेका कृष्णगोपाल श्रेष्ठलाई पराजीतगर्दै रञ्जित विजयी भएका थिए । रञ्जितले १४ हजार ४ सय ७६ मत पउँदा एमालेका कृष्णगोपालले १३ हजार ८७ मत प्राप्त गरेका थिए । लगातार तेस्रो पटक चुनाव जितेर ध्यान ह्याट्रिक गर्ने योजनामा छन भने इतिहास रच्ने पक्षमा छन् । 


माओवादीको समेत प्रभाव रहेको यो क्षेत्रमा वामपन्थी तालमेलका कारण कृष्ण गोपाललाई बलियो उम्मेदवार ठानिएको छ । दुइ पटक चुनाव जितेर विकास गरेकोले आफूले नै जित्ने ध्यान गोविन्दको दावी छ । प्रदेश सभातर्फ कांग्रेसका इन्द्रमान तुलाधर र धर्मराज गौतम क्रमश क र ख तर्फ उम्मेदवार छन् । यस्तै बामपन्थी गठबन्धनका तर्फवाट अयजकान्ती शाक्य र केशव पोखरेल  उम्मेदवार छन् । यो क्षेत्रमा काठमाडौं महानगरपालिकाका १२ र २१ वडा तथा नागार्जुन, चन्द्रागिरी र कृर्तीपुर नगरपालिाकाका केही वडाहरु पर्छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x