०६ साउन २०८३, बुधबार

खोला किनारका संरचना हटाउने सर्वोच्चको फैसला पुनरवलोकनको बाटो खुल्यो

मंसिर ६, २०८१
काठमाडौं
खोला किनारका संरचना हटाउने सर्वोच्चको फैसला पुनरवलोकनको बाटो खुल्यो

सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका खोला किनारका संरचना हटाउन यसअघि गरेको फैसलामा पुरवलोकनको बाटो खुलेको छ ।

बिहीबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू कुमार चुडाल र नित्यानन्द पाण्डेको पूर्ण इजलासले सरकारको माग बमोजिम निस्सा प्रदान गर्न अनुमति दिएको हो । पूर्ण इजलासको यो आदेशसँगै फैसला पुनरवलोकनका लागि सरकारलाई बाटो खुलेको छ । 

सर्वोच्चले यसअघि काठमाडौं उपत्यकाको बागमती र यसका सहायक नदी किनारमा थप २० मिटरभित्र संरचना बनाउन नपाइने फैसला गरेको थियो । सोही फैसलाविरुद्ध सरकारले पुनरावेदनका लागि निवेदन दिएको थियो ।

सर्वोच्चको फैसलाबारे अध्ययन गर्न सहरी विकास मन्त्रालयका सहसचिव पदमकुमार मैनालीको संयोजकत्वमा ८ सदस्यीय कार्यदल बनेको थियो । कार्यदलले दिएको प्रतिवेदनका आधारमा सरकारले सो फैसलामा पुनरवलोकन गरि पाउँ भन्दै सर्वोच्च अदालतमा निवेदन दिएको थियो । 

सर्वोच्च अदालतले बिहीबार पुनरावेदनको अनुमति दिएपछि यो विवादमा अब फेरि इजलासमा बहस हुनेछ ।  

salt training

कमेन्ट गर्नुहोस्