२८ असार २०८३, आइतबार

छविलाई कास्की पठाइयो, रविलाई म्याद थपको अवस्था हेरेर काठमाडौं झिकाइने

मंसिर ७, २०८१
काठमाडौं
छविलाई कास्की पठाइयो, रविलाई म्याद थपको अवस्था हेरेर काठमाडौं झिकाइने

सहकारी संस्थाको रकम अपचलन प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी बञ्जाडेलाई कास्की पठाइएको छ । 

गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक समेत रहेका जोशीको बिहीबार जिल्ला सरकारी वकिल कार्यालयमा बयान सकिएपछि शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको हो । 

सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका जोशीविरुद्ध काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन गरेको आरोप छ । 

जोशीलाई स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा गत मंगलबार काठमाडौं झिकाइएको थियो । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार सरकारी वकिल कार्यालय काठमाडौंमा छविको बयान सकिएपछि उनलाई कास्की पठाइएको हो । 

यही प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि यतिबेला कास्की प्रहरीको हिरासतमा छन् । उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

स्वर्णलक्ष्मी सहकारी प्रकरणमा लामिछानेविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । कास्कीले रविविरुद्ध गरेको अनुसन्धानका लागि अदालतबाट म्याद लिएको १३ दिन आइतबार सकिँदैछ । म्याद थपको अवस्था हेरेर उनलाई पनि काठमाडौं झिकाइने जानकारी एसएसपी रजौरेले दिए । 

जीबी राई र रवि लामिछानेका नाममा २०७८ पुस १ मा ‘इको सेभेन सिटर भ्यान’ किन्न भन्दै स्वर्णलक्ष्मीबाट ४६ लाख ८८ हजार रुपैयाँ ऋण लिएका खुलेको छ ।

भ्यान किन्न भनेर लगेको कर्जामध्ये २९ लाख ५२ हजार ४ सय ३६ रुपैयाँ तिर्न बाँकी देखिएको अनुसन्धानबाट खुलेको छ । 

यही प्रकरणमा जोडिएका कुमार रम्तेलसँग केही दिन पहिले बयान लिएर पोखरा पठाइएको छ । रवि र छविसहित १० जनाविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय चितवनमा समेत पूरक जाहेरी परेको छ । 

salt training

कमेन्ट गर्नुहोस्