०४ साउन २०८३, सोमबार
उपनिर्वाचनको चटारो

चुनाव प्रचारको अन्तिम दिन यस्तो देखियो कीर्तिपुरको माहोल [तस्वीरहरू]

उम्मेदवारहरू बिहानैदेखि घरदैलोमा
मंसिर १३, २०८१
काठमाडौं
चुनाव प्रचारको अन्तिम दिन यस्तो देखियो कीर्तिपुरको माहोल [तस्वीरहरू]

यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज बिहीबार रातीदेखि मौन अवधि शुरू हुँदैछ । अर्थात् अब चुनाव प्रचारका कुनै पनि काम गर्न पाइनेछैन । कुनै पनि माध्यमबाट उम्मेदवार पक्ष वा विपक्षमा मत माग्न पाइने छैन । 

बिहीबार प्रचार प्रसार गर्न पाइने अन्तिम दिन भएकाले उम्मेदवारहरू बिहानैदेखि घरदैलोमा व्यस्त बनेका छन् । स्थानीय तह उपनिर्वाचन मेयरतर्फ चुनाव हुन लागेको एक मात्र स्थानीय तह हो, काठमाडौंको कीर्तिपुर नगरपालिका । जहाँ प्रमुख दल मात्र होइन स्वतन्त्र उम्मेदवारको बलियो उपस्थितिले चुनावी माहोललाई रोचक बनाइरहेको छ ।

कीर्तिपुरमा नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्र डा. शिवशरण महर्जन, नेकपा एमालेका डा. सुरेन्द्र मानन्धर चुनावी मैदानमा छन् । र, केही स्वतन्त्र उम्मेदवार पनि छन् । 

कीर्तिपुरको निर्वाचनलाई दलहरूले मात्र होइन, यसअघिको स्थानीय तह निर्वाचनमा स्वतन्त्र निर्वाचित भएकाहरूले पनि प्रतिष्ठाको विषय बनाएका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वतन्त्र उम्मेदवार राजमान महर्जनको पक्षमा घरदैलो गरेर फर्किएका छन् भने प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू समेत कीर्तिपुर केन्द्रित भएका छन् ।

बिहीबार दिउँसो माओवादीले गर्ने चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' समेत कीर्तिपुर पुग्दैछन् । 

हेर्नुहोस् तस्वीरहरू :
null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्