
सिटिजन लाइफ इन्स्योरेन्सले 'सिटिजन एनुअल बिजनेस रिट्रिट २०८१’ सम्पन्न गरेको छ ।
यही मंसिर १४ देखि १६ गतेसम्म पोखराको होटल पोखरा ग्रान्डमा सम्पन्न कार्यक्रममा देशभरिबाट २ सय ५० जनाको सहभागिता रहेको थियो ।
सिटिजन लाइफले आफ्ना कर्मचारी र अभिकर्ताहरूका लागि विभिन्न सीप विकास कक्षा सञ्चालन गर्दै आएको छ ।
कम्पनीका अनुसार विशेष प्रशिक्षण कक्षा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकहरूले दिनेछन् ।
यस प्रकारका कार्यक्रमको मुख्य उद्देश्य सिटिजन लिडर्सहरूलाई विभिन्न क्षेत्रमा अझै ज्ञान प्रदान गर्नु हो ।
कार्यक्रममा मुख्य प्रशिक्षकको रूपमा अन्तर्राष्ट्रिय प्रशिक्षक विजयकुमार झा रहेका थिए ।

प्रशिक्षक झाले सिटिजन लिडर्सहरूको क्षमता तथा आत्मविश्वास अभिवृद्धिलाई मध्यनजर गर्दै बिक्री कला विकास, व्यक्तित्व विकास, सञ्चार, पेशाप्रति आत्मविश्वास, व्यक्तिगत प्रस्तुतिलगायतको आवश्यकताबारे जानकारी दिएका थिए ।
कार्यक्रममा सिटिजन लिडर्सहरूले साँस्कृतिक पोशाक तथा मौलिक संस्कृतिमा गायन तथा नृत्य प्रस्तुत गरेका थिए ।
यसका साथै उपस्थित सहभागीहरूलाई ७ वटा हाउसमा विभाजित गरी टिम निर्माणका लागि मनोरञ्जनात्मक खेलहरू खेलाइएको थियो ।
साथै अभिकर्ताहरूले पोखराका विभिन्न पर्यटकीय क्षेत्रहरूको अवलोकन गरेर सो क्षेत्रका सामाजिक तथा आर्थिक वातावरणको बारेमा बुझ्ने मौका प्राप्त गरेका थिए ।


