०४ साउन २०८३, सोमबार

ट्रायम्फ नेपालले सम्पन्न गर्‍यो लिगेसी राइड : बन्दीपुर एडिसन

मंसिर २५, २०८१
काठमाडौं
ट्रायम्फ नेपालले सम्पन्न गर्‍यो लिगेसी राइड : बन्दीपुर एडिसन

ट्रायम्फ नेपालले आफ्नो पहिलो औपचारिक मोटरसाइकल र्‍याली 'ट्राइम्फ लिगेसी राइड : बन्दीपुर एडिसन' सम्पन्न गरेको छ ।

यही मंसिर २२ र २३ गते आयोजित एडिसनमा २२ मोटरसाइकलमा सवार २९ जना राइडर सहभागी थिए ।​​​​

ट्रायम्फ मोटरसाइकलको आधिकारिक वितरक, हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले बन्दीपुर एडिसनको आयोजना गरेको हो ।

शनिबार बिहान राइडरहरू नक्सालस्थित ट्राइम्फ शोरुमबाट पुष्पलाल राजमार्ग र पृथ्वी राजमार्गको मनोरम दृश्य र सुन्दर घुमाउरो सडकतर्फ प्रस्थान गरेका थिए ।

सुन्दर जङ्गल, झरना, नदीहरू को मनोरम दृश्य पार गर्दै राइडरहरू साँझ बन्दीपुर पुगेका थिए।

null

गुरुङ समुदायको रमाइलो सांस्कृतिक चुड्का नाचको साथ दिनको समापन भएको थियो । जहाँ राइडरहरूले चुड्कामा नाच्दै र गाउँदै राइडको सफलताको उत्सव मनाएका थिए ।

दोस्रो दिन राइडरहरूले सांस्कृतिक रूपमा समृद्ध बन्दीपुर गाउँ र बन्दीपुरका विभिन्न पर्यटकीय स्थलहरूको अवलोकन गरेका थिए ।

जसले स्थानीय व्यापार प्रवर्द्धन र आन्तरिक पर्यटन प्रवर्द्धन गर्न मद्दत गरेको थियो भने यस राइडले दुई पाने पर्यटन प्रवर्द्धन गर्न पनि मद्दत गरेको थियो ।

ट्राइम्फ नेपालका प्रबन्धक सागर थापाले भने, 'ट्रायम्फ लिगेसी राइड : बन्दीपुर एडिसन ट्राइम्फ मोटरसाइकल राइडरहरूको उत्सव मात्र नभई नेपालको बढ्दो मोटरसाइकल कल्चरको नयाँ यात्राको शुरूआत पनि हो ।'

नेपालमा ट्राइम्फ मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले दुई पाङ्ग्रे पर्यटन प्रवर्द्धन र आन्तरिक पर्यटन प्रवर्द्धन गर्न आगामी दिनहरूमा पनि थप यस्तै राइडहरू सञ्चालन गर्ने घोषणा गरेको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्