०५ साउन २०८३, मंगलबार
सहकारी ठगी प्रकरण

रविलाई अदालतमा उपस्थित गराइयो

मंसिर २७, २०८१
काठमाडौं
रविलाई अदालतमा उपस्थित गराइयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालत उपस्थित गराइएको छ ।

सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविका लागि पछिल्लोपटक थपिएको ४ दिनको म्याद सकिन लागेकाले फेरि म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माका अनुसार अझै केही दिन हिरासतमै राखेर अनुसन्धान गर्ने गरी म्याद थपको माग गर्ने तयारी छ । 

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेसहितलाई सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।

उनलाई कास्कीसहित रुपन्देही, काठमाडौं, चितवन र पर्सासमेत लगेर बयान लिइएको थियो । कास्कीको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा सहकारी, रुपन्देहीको सुप्रिम सहकारी र पर्साको सानोपाइला सहकारीको रकम गैरकानूनी तवरले गोरखा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप रविमाथि छ । 

यी सहकारीबाट गोरखा मिडियामा ६५ करोड ५४ लाख रूपैयाँ गएको देखिन्छ । गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रविलाई सहकारीको रकम अपचलनमा मतियार बनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्