
दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
साइबरसम्बन्धी कसूरमा थुनछेक बहसपछि ४० हजार धरौटीमा रिहा गर्न जिल्ला अदालतले बिहीबार आदेश दिएको हो ।
कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको भन्दै अपुष्ट कागजात सार्वजनिक गरेपछि मंसिर ४ गते उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।