
नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ । साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक १८.१४ अंकले घटेर २६३५.०९ को विन्दुमा बन्द भएको हो ।
यस दिन बजारमा १ करोड ५७ लाख २३ हजार ३७९ कित्ता सेयरको खरिद बिक्री हुँदा ७ अर्ब ३० करोड ५३ लाख ४२ हजार रूपैयाँको कारोबार भएको छ ।
अघिल्लो कारोबारका दिन बुधबार ६.३८ अंकले बढेर परिसूचक २६५३.२३ को विन्दुमा बन्द भएको थियो ।
बिहीबार बाराही हाइड्रोपावर पब्लिक लिमिटेड र हिमालयन पावर पार्टनर लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । यी दुवै कम्पनीको सेयरमूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ ।