०३ साउन २०८३, आइतबार

आगलागीमा परेर काभ्रेमा एक जनाको मृत्यु

माघ १२, २०८१
काठमाडौं
आगलागीमा परेर काभ्रेमा एक जनाको मृत्यु

काभ्रेपलाञ्चोकमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । 

धुलिखेल नगरपालिका-९ काभ्रेभञ्ज्याङ बस्ने ५२ वर्षीय श्याम प्रसाद दाहालको दाहाल फर्निचर उद्योगमा करेन्ट सर्ट भई शुक्रबार राति आगलागी हुँदा फर्निचरका कामदार काठमाडौं शंखरापुर नगरपालिका घर भएकी ७० वर्षीया टीका देवी दङ्गालको मृत्यु भएको छ । 

आगलागीमा परी बेहोस भएका एक जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । आगलागीबाट फर्निचर उद्योगमा रहेका विभिन्न सरसामान जलेर करिब ८० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

साथै, उक्त आगलागी फैलिएर सोही ठाउँ बस्ने कृष्ण बिकको कच्ची घर जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ भने सोही ठाउँ बस्ने ४२ को धुर्व बहादुर बिकको टहरो क्षति भएको छ ।  

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्