कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
मंसिर ४, २०७४
काठमाडौं, ४ मंसिर –पहिलो र दोस्रो गरी दुई चरणमा सम्पन्न हुन लागेको चुनावमा देशभर चुनावी सरगर्मी तातिए पनि काठमाडौंका भित्री स्थानमा भने चुनावले खासै छोएको छैन । चावहिलदेखि घण्टौंको सवारी यात्रामा पुगिने साँखु पुग्ने बाटो पूरै धुलाम्मे थियो । चावहिल–साँखु रुटमा यात्रुले कष्टकर यात्रा त गरिरहेका छन् नै । धूलोले यात्रुलाई उत्तिकै सास्ती दिइरहेको छ ।
बुङ्बुङ्ती उडिरहेको धूलोमा स्थानीयवासीझैं धूलोको पछिपछि मोटरसाइकलमा पार्टीका झण्डासहित बाटोमा कुदिरहेका थिए स्थानीय प्रतिनिधि । काठमाडौं – २ बाट एमालेका उम्मेदवार पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपाली कांग्रेसका उम्मेदवार दीपक कुइँकेलले उम्मेदवारी दिएका छन् । तर नेपाल र कुइँकेल साँखु आसपासका गाउँमा अझै भोट माग्न नपुगेको स्थानीयवासीले बताए ।
उक्त क्षेत्रमा भूकम्पको बेलामा पनि कुनै नेता राहतका लागि नआएको साँखुका स्थानीय मतदाताले बताए । बाटो निर्माण प्रक्रियामा भएकाले अहिले गाउँलेले धेरै धूलोको समस्या बेहोर्नुपरेको छ ।
साँखुका स्थानीयवासी रामबहादुर थापाले पहिले जिताएर पठाएका उम्मेदवारले यो क्षेत्रका लागि खासै केही नगरे पनि भूकम्पका बेला उक्त क्षेत्रका नेता माधवकुमार नेपालले केही सहयोग गरेको बताए । ‘हुन त नेताले यो क्षेत्रका लागि खासै केही गरेका छैनन् तर आश्वासन बाँडेकै हुन्छन्, बरु माधवकुमार नेपालले केही आश्वासन पूरा गरेका छन् ।’, उनले सुनाए ।
तर, साँखु खुलाल्टारका कुमार विकले भने नेताको कारणले आफूहरुले कुनै सहयोग नपाएको बताए । ‘पहुँच हुनेले पाए, पहुँच नहुनेले त राहत पनि पाएनन्, नेताको काम चुनावअघि आश्वासन बाँड्ने मात्र त हो नि’, धारामा पानी थाप्दै गर्दा भेटिएका विकले थपे, ‘बरु धूलोले हैरान गरिरहेको छ, हामीलाई त सास फेर्न पनि गाह्रो भइसकेको छ, पाँच वर्षमा सक्ने भनेको बाटो समयमै सकिन्छ भन्ने पनि लाग्दैन ।’
साँखुका चन्द्रबहादुर श्रेष्ठले आफ्नो क्षेत्रमा अहिले बिस्तारै विकास हुँदै गएको बताए । ‘भूकम्पको बेलामा नेताले एउटै पाललाई पनि चार टुक्रा पारेर बाँडे, अझ यही क्षेत्रबाट जितेर गएका कति उम्मेदवार त फर्केर पनि आएनन्’, उनले थपे, ‘अहिले पनि कोही भोट माग्न आएका छैनन् ।’
ठूला मुख्य दल वाम गठबन्धनका माधवकुमार नेपाल र दीपक कुइँकेलबीच प्रतिस्पर्धा हुने देखिए पनि राप्रपा नेपालका उम्मेदवारले साँघुको बजारमा चुनावी झण्डा राखेका छन् । यद्यपि अन्य पार्टीका झण्डा भने बाटोमा गुड्ने केही मोटरसाइकल र गाडीमा मात्र देखिन्थे ।
भूकम्पले घर भत्काएर टहरोमा बस्दै आएकी सुनिता तामाङले आफ्नो परिवारले घर बनाउन नसकेको र नेताप्रनि पनि कुनै आशा नभएको बताइन् । उनले आफ्नो मताधिकार प्रयोग गर्नमा पनि खासै रुचि नभएको बताइन् । ‘भोट त माग्न आउलान् नि, तर अहिलेसम्म चहलपहल छैन ।’, उनले सुनाइन् ।
साँखुका विष्णु पोखरलले केही उम्मेदवारले जितेपछि जनतासँग आएर साक्षात्कार गर्ने गरे पनि केही नेता भने फर्केर नआएको बताए । ‘यो क्षेत्रमा जितेका उम्मेदवार पनि छन्, हारेका पनि छन्’, उनले भने, ‘जितेर यो क्षेत्रमा फर्केर नआउने उम्मेदवारलाई जनताले पक्कै चिनेका होलान् ।’
काठमाडौंको प्रायः क्षेत्रमा धूलोले जनतालाई अत्याएको त छ नै । चावहिलदेखि साँघुसम्मको पूरै बाटो उत्तिकै धुलाम्मे बनेको छ । जनतालाई धूलोले गर्दा निकै सास्ती खेप्नुपरेको स्थानीय बताउँछन् । उम्मेदवार भोट माग्न आउने क्रम बाँकी रहँदा स्थानीय मतदाताहरुले भने उम्मेदवारप्रति व्यङ्ग्य गर्दै भन्छन्, ‘यो क्षेत्रमा धूलो यति उड्छ कि, हामीले त उम्मेदवार आए पनि चिन्दैनौं होला ।’
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...