०४ साउन २०८३, सोमबार

मिशलिन टायर अब विशेष छुटसहित दराजमा उपलब्ध

माघ १८, २०८१
काठमाडौं
मिशलिन टायर अब विशेष छुटसहित दराजमा उपलब्ध

नेपालमा मिशलिन टायरको आधिकारिक विक्रेता सिप्रदी अटोपार्टस प्रालिले नेपालको सबैभन्दा ठूलो अनलाइन स्टोर दराजमा आफ्नो मिशलिन टायरहरू उपलब्ध गराएको छ ।​

सिप्रदी अटोपार्टसले ग्राहकको सुविधालाई उच्च प्राथमिकता दिँदै सन् २०२५ जनवरीदेखि मिशलिन टायर दराजमा उपलब्ध गराएको हो  ।

मिशलिनका दुई वटा मोडेल दराजमा विशेष छुटसहित सिप्रदी अटोपार्टसले उपलब्ध गराएको छ ।

अब ग्राहकहरूले छिटो छरितो र सहज रुपमा मिशलिन सिराक स्ट्रीट टीएल (११०/९०–१८ ६१ पि) र मिशलिन सिटी प्रो टीटी (९०/९०–१९ ५२ पि) टायर खरिद गर्न सक्ने छन् । पूर्वनिर्धारित मूल्यमा विशेष छुटसहित दराजमा टायर उपलब्ध गराइएको हो  ।

जसअनुसार, पहिले (रु.११,५९९) मूल्य पर्ने मिशलिन सिराक स्ट्रीट टि.एल (रु ९, ९९९) मा दराजमा ग्राहकले प्राप्त गर्न सक्ने छन् ।   यस्तै, मिशलिन सिटी प्रो टि.टी (रु.७,६९९) मा यसअघि बिक्री हुँदै आएकोमा अब विशेष छुटसहित (रु.५, ५५५) मा नै सुपथ मूल्यमा उपलब्ध गराएको छ ।

यसबाट ग्राहकहरूलाई थप टेवा पुग्ने र नक्कली टायर खरिदको जोखिम समेत हट्ने छ । अगामी दिनमा सिप्रदी अटोपार्टसले मिशलिनका अन्य टायरहरू पनि दराजमा उपलब्ध गराउने छ । जसले गर्दा ग्राहकहरूले सुपथ मूल्यमा मिशलिन टायर पाउन सक्ने छन् ।

सिप्रदी अटोपार्टसले यो विशेष छुटमा मिशलिन टायर दराजबाट खरिद गरी मौकाको फाइदा उठाउन कम्पनीले ग्राहकलाई आग्रह गरेको छ। 

salt training

कमेन्ट गर्नुहोस्