०३ साउन २०८३, आइतबार

भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

फागुन २, २०८१
काठमाडौं
भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुरको चाँगुनारायण नगरपालिका-३ कोल्पाकोट ओरालोमा गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । 

व्यासीबाट झौखेलतर्फ जाँदै गरेको प्रदेश ३-०१-००३ क ४६३७ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-५ पिखेल बस्ने ७२ वर्षीया केकई मग्रराती मगरको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको काठमाडौं मेडिकल अस्पताल दुवाकोटमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी, डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए । 

ठक्कर दिने गाडीका चालक भक्तपुर नगरपालिका-१० कमलविनायक बस्ने ५४ वर्षीय ईन्द्र नारायण सितखुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्