२९ असार २०८३, सोमबार

चार प्रदेशमा हिमपातको सम्भावना, यस्तो छ आइतबारको मौसम अनुमान

फागुन ४, २०८१
काठमाडौं
चार प्रदेशमा हिमपातको सम्भावना, यस्तो छ आइतबारको मौसम अनुमान

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको छ।

जसका कारण आइतबार बिहान कोशी प्रदेश लगायत देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। तराईका भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ।

देशका बाँकी भूभागको मौसस आंशिक बदलीदेखि मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आइतबार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि  मौसम मुख्यतया सफा रहनेछ। 

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

राति देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।  कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै  स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। 

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै  स्थानहरू तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा  हल्का हिमपातको सम्भावना छ ।

बिहानीपख तराईका केही भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न महाशाखाले अनुरोध गरेको  छ।
 

salt training

कमेन्ट गर्नुहोस्