
साताको अन्तिम कारोबारका दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले घटेको छ ।
बिहीबार नेप्से परिसूचक ५.५७ अंकले घटेर २६७०.७० को विन्दुमा कायम भएको हो । यसदिन बजारमा १ करोड १३ लाख ८४ हजार ७२५ कित्ता सेयरको खरिद बिक्री हुँदा ५ अर्ब ६३ करोड ७९ लाख ८१ हजार रूपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन बुधबार नेप्से परिसूचक ९.६६ अंकले बढेर २६७६.२८ को विन्दुमा बन्द भएको थियो । यसदिन ४ अर्ब ४८ करोड ४६ लाख १९ हजार रूपैयाँको कारोबार भएको थियो ।
अघिल्लो कारोबारका दिन मंगलबार परिसूचक ३.४४ अंकले घटेर २६६६.६१ को विन्दुमा बन्द भएको थियो । मंगलबार ५ अर्ब ३० करोड ९५ लाख ६८ हजार रूपैयाँको कारोबार भएको थियो ।
बिहीबार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रिस्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् भने, बोटलर्स नेपाल बालाजु लिमिटेड र हिमालयन पावर पार्टनरका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
कारोबारका आधारमा राधी विद्युत् कम्पनी ३५ करोड ९४ लाख ७१ हजार रूपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ ।