०६ साउन २०८३, बुधबार

रविको रिट सर्वोच्चका न्यायाधीश ढुंगानाको इजलासमा

चैत ३१, २०८१
काठमाडौं
रविको रिट सर्वोच्चका न्यायाधीश ढुंगानाको इजलासमा

पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध रवि लामिछानेले सर्वोच्चमा दायर गरेको रिट न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा पेशी चढेको छ ।

सहकारी ठगी तथा संगठित अपराधको मुद्दामा रुपन्देही कारागारमा रहेका लामिछानेका तर्फबाट दायर रिट आइतबार पेशीमा चढेको हो ।

यसअघि उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश  रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले रविलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।

जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा रिहा गरेकोमा उच्चले त्यसलाई उल्ट्याउँदै कारागार पठाएको हो ।
 

कमेन्ट गर्नुहोस्