३० असार २०८३, मंगलबार
शिक्षक आन्दोलन

सरकार-शिक्षक वार्ता निष्कर्षविहीन

बैशाख १३, २०८२
काठमाडौं
सरकार-शिक्षक वार्ता निष्कर्षविहीन

सरकार र नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूबीचको वार्ता निष्कर्षविहीन भएको छ । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा शनिबार बिहान भएको वार्ता फेरि छलफल गर्ने निर्णयसहित सकिएको नेपाल राष्ट्रिय शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । 

उनका अनुसार अर्को छलफलको समय भने तोकिएको छैन । 'आन्दोलनका क्रममा हामीले उठाएका मागका विषयमा शिक्षा मन्त्रीजीसँग छलफल भयो । फेरि फेरि बसेर संवाद गर्ने निर्णय भएको छ,' उनले भने, 'छलफल र संवादलाई निरन्तरता दिने निर्णय भएको छ । तर, कहिले बस्ने भन्ने टुंगो भएको छैन ।' 

अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउनु नै आन्दोलनको अडान रहेको भन्दै यसबाट टसमस नहुने जानकारी गराएको उनले बताए । 

सरकारको तर्फबाट नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तसहित नेपाल शिक्षक महासंघको तर्फबाट अध्यक्ष सुवेदीको नेतृत्वमा आन्दोलनरत शिक्षकहरू सहभागी थिए । 

शुक्रबार दिउँसो गर्ने भनिएको वार्ता भाँडिएपछि आज छलफल भएको थियो । नवनियुक्त शिक्षामन्त्री पन्तले वार्ताबाटै समाधान खोज्न शिक्षकहरूलाई वार्तामा बोलाएका थिए । 

यसअघि बिहीबार सर्वोच्च अदालतले विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने गरी तीनभित्र शिक्षकका माग सम्बोधन गर्न आदेश दिएको थियो । 

गत चैत २० गतेदेखि विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरू काठमाडौंमा आन्दोलनमा रहेका छन् । शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान र कक्षा १२ को परीक्षासमेत प्रभावित भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्