०१ साउन २०८३, शुक्रबार

रत्नपार्क-भद्रकाली सडकमा बिहानैदेखि सुरक्षाकर्मीको कडाइ [तस्वीरहरू]

जेठ १५, २०८२
काठमाडौं
रत्नपार्क-भद्रकाली सडकमा बिहानैदेखि सुरक्षाकर्मीको कडाइ [तस्वीरहरू]

गणतन्त्र दिवसको दिन आज (बिहीबार) काठमाडौंमा सत्तारूढ नेकपा (एमाले) र राजावादीहरूले छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् । एमालेले गणतन्त्र दिवसलाई उत्सवको रूपमा झाँकीसहित मनाउन विशेष कार्यक्रम गर्दैछ भने राप्रपाले गणतन्त्रको विरोध र राजसंस्था पुनर्बहालीको मागसहित आन्दोलन गर्न लागेको हो । 

एमाले र राजावादी समूहलाई प्रशासनले छुट्टाछुट्टै समय उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहिले एमालेलाई कार्यक्रम गर्न र त्यसपछि राजावादीको प्रदर्शन गर्न समय छुट्याएको हो ।

null

एमालेलाई भृकुटीमण्डपमा साढे १० बजेदेखि कार्यक्रम शुरू गरेर सवा २ बजेसम्म सक्न प्रशासनले अनुरोध गरेको छ । त्यसपछि शान्तिबाटीका क्षेत्रमा प्रदर्शनका लागि राजावादीलाई समय दिइएको छ ।

केन्द्रीय सुरक्षा समितिको बैठकले प्रदर्शनलाई मुठभेडमा परिणत हुने नदिने र निषेधित क्षेत्रमा प्रवेश गर्न नदिने निर्णय गरेको छ । 

null

त्यसअघि आजै बिहान सैनिक मञ्च, टुँडिखेलमा गणतन्त्र दिवसको कार्यक्रम भैरहेको छ । आजका विभिन्न कार्यक्रमका कारण बिहानैदेखि काठमाडौं उपत्यकाका केही ठाउँको ट्राफिक आवागमन प्रभावित भएको छ । 

राप्रपाले २ बजेपछि गर्ने भनिएको रत्नपार्क केन्द्रित प्रदर्शनका क्रममा प्रदर्शनकारीलाई शान्तिबाटिकाबाट अगाडि बढ्न नदिने सुरक्षा नीति छ । त्यसको व्यवस्थापन जिल्ला प्रहरी परिसर, काठमाडौंले गर्ने भएको छ । 

nullnull

null

salt training

कमेन्ट गर्नुहोस्