
हिमालयन बैंक लिमिटेडले लमजुङको दूधपोखरी गाउँपालिका- ५, जोर्नेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
नजिक रहेका शाखा सञ्जाल मध्ये गौँडा शाखालाई स्थानान्तरण गरी जोर्नेमा उक्त शाखा सञ्चालन गरिएको बैंकले जनाएको छ ।
प्रेस तथा जन सम्पर्क अधिकृत शीतल कोइरालाका अनुसार यही जेठ २६ गतेदेखि दूधपोखरी शाखाबाट सम्पूर्ण बैंकिङ सेवा शुरूआत गरिएको छ ।
उक्त शाखाको शुभारम्भ दूधपोखरी गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले गरेका हुन् । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरू तथा विभिन्न अतिथिहरूको उपस्थिति रहेको थियो ।
हाल बैंकले नेपालभरि १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, २८६ एटीएम, ८ हजारभन्दा बढी पीओएस टर्मिनलस् र १५ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रबाट ग्राहकलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।