
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यमाथि आक्रमण प्रयास भएको छ ।
काठमाडौँ क्षेत्र नम्बर–९ का कांग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जितका छोरा युरिक रञ्जितले मेयर शाक्यलाई आक्रमणको प्रयास गरेको हुन् ।
काठमाडौँ महानगरपालिका वडा नम्बर–२१ को लगनटोल नजिक उनलाई रञ्जितले दुव्र्यवहार गर्दै आक्रमणको प्रयास समेत गरेपछि सुरक्षाकर्मीले जोगाएका थिए ।
मेयर शाक्य मतदातासँग कुराकानी गरिरहेका बेला युरिकले एक्कासी आक्रमणको प्रयास गरेका हुन् । ‘सुरक्षाकर्मीको सतर्कताले मलाई केही भएन,’ मेयर शाक्यले भने,‘मलाई दुव्र्यवहार गर्दै उहाँसहित केही व्यक्तिले आक्रमणको प्रयास गरेका थिए ।’ २१ वडाका वडाध्यक्ष उदयचुडामणि बज्राचार्यलाई पनि उनले हातपातको प्रयास गरेका थिए । एमालेले क्षेत्र नम्बर–९ मा कांग्रेस हार्ने निश्चित भएपछि आक्रमणमा उत्रिएको आरोप लगाएको छ ।