०२ साउन २०८३, शनिबार

'फोन कल लिक' भएपछि थाइल्याण्डमा प्रधानमन्त्रीविरुद्ध ठूलो विरोध प्रदर्शन

असार १६, २०८२
काठमाडौं
'फोन कल लिक' भएपछि थाइल्याण्डमा प्रधानमन्त्रीविरुद्ध ठूलो विरोध प्रदर्शन

थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न शिनावात्राको राजीनामाको माग गर्दै हजारौं मानिसहरूले राजधानी बैंककको सडकमा विरोध प्रदर्शन गरेका छन् ।

सिनावात्रा र कम्बोडियाका पूर्वनेताबीचको फोन कल लिक भएपछि प्रधानमन्त्रीविरुद्ध विरोध प्रदर्शन भएको हो । 

सीमामा हालै भएको घटनाबारे कलमा कुराकानी भएको थियो । 

कलले थाइल्याण्डमा जनताको आक्रोश जगाएको बीबीसीले जनाएको छ । 

सत्तारूढ गठबन्धनको एक प्रमुख सहयोगीले राजीनामा दिएका छन् ।

यद्यपि, पाटोङटार्नले यो कलको लागि माफी मागेकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्