०६ साउन २०८३, बुधबार

सवारी दुर्घटनामा लिभरपुलका प्रभावशाली खेलाडी जोटाको निधन

असार १९, २०८२
काठमाडौं
सवारी दुर्घटनामा लिभरपुलका प्रभावशाली खेलाडी जोटाको निधन

इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलका प्रभावशाली फरवार्ड डियोगो जोटाको निधन भएको छ ।

सवारी दुर्घटनामा परी २८ वर्षको उमेरमा उनको निधन भएको समाचारमा जनाइएको छ ।

उनी पोर्चुगलको राष्ट्रिय टोलीका सदस्य पनि थिए । उनको कार दुर्घटनामा परेको थियो । स्पेनको जामोरामा भएको दुर्घटनामा डियोगो जोटाका भाइ आन्द्रे सिल्भाको पनि निधन भएको बताइएको छ ।​

डियोगो जोटाका भाइ २६ वर्षीय आन्द्रे सिल्भा पनि व्यावसायिक फुटबल खेलाडी थिए । उनी पोर्चुगलको दोस्रो डिभिजनको क्लब पेनाफिलबाट व्यावसायिक फुटबल खेल्थे ।​

डियोगो जोटा गत महिनामात्र वैवाहिक बन्धनमा बाँधिएका थिए । उनले लामो समयदेखिकी आफ्नी प्रेमिका रहेकी रुट कार्डोसोसँग विवाह गरेका थिए ।​

डियोगो जोटा र रुट कार्डोसोका तीनजना सन्तान छन् । केही समयअघि लिभरपुललाई इङ्लिस प्रिमियर लिगको उपाधि चुमाउन जोटाले पनि महत्त्वपूर्ण योगदान गरेका थिए । गत जुनमा उनले पोर्चुगललाई नेशन्स लिगको उपाधि पनि दिलाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्