
केन्याको राजधानी नैरोबीमा भएको हिंसात्मक प्रदर्शनका क्रममा कम्तिमा ११ जनाको मृत्यु भएको छ।
प्रहरीले ५६७ जना प्रदर्शनकारीलाई पक्राउ गरेको बीबीसीले जनाएको छ ।
७ जुलाई १९९० को ऐतिहासिक साबा-साबा (सात-सात) आन्दोलनको ३५औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको प्रदर्शनकारीमा सरकारले लोकतन्त्र र आर्थिक सुधारतर्फ ठोस कदम चाल्न माग गरिएको थियो ।
स्थिति नियन्त्रण गर्न पुगेको प्रहरीले प्रदर्शनकारीहरूमाथि गोली चलाएको थियो, जसले गर्दा क्षेत्रमा अराजकता फैलिएको थियो ।