०६ साउन २०८३, बुधबार

अब एउटा बैंकमा बुझाएको परिचयपत्र अन्य बैंकले पनि प्रयोग गर्न सक्ने

ग्राहकलाई हरेक बैंकमा सेवा लिन जाँदा बारम्बार एउटै कागजात पेस गर्नुपर्ने झन्झट हट्ने
असार २७, २०८२
काठमाडौं
अब एउटा बैंकमा बुझाएको परिचयपत्र अन्य बैंकले पनि प्रयोग गर्न सक्ने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा ग्राहकले पेश गर्ने कागजातको पुनरावृत्ति रोक्ने र सेवा प्रवाहलाई सहज बनाउने उद्देश्यले नयाँ व्यवस्था लागू गर्ने भएको छ । 

आज सार्वजनिक मौद्रिक नीतिमा राष्ट्र बैंकले एक बैंकमा ग्राहकले बुझाएको परिचयपत्र तथा अन्य व्यक्तिगत विवरण डिजिटल माध्यमबाट अन्य बैंकले पनि प्राप्त गर्न सक्ने व्यवस्था मिलाइने उल्लेख छ ।

यो निर्णयले ग्राहकलाई हरेक बैंकमा सेवा लिन जाँदा बारम्बार एउटै कागजात पेस गर्नुपर्ने झन्झट हटाउनेछ । 

साथै, बैंकहरूबीचको डिजिटल सहकार्यलाई प्रवर्द्धन गर्दै समग्र डिजिटल वित्तीय प्रणालीलाई सुदृढ बनाउनेछ ।

हाल बैंकहरू नो योर कस्टमर प्रक्रियाअन्तर्गत ग्राहकको नागरिकता, राहदानी, लाइसेन्सजस्ता परिचयपत्र, फोटो र अन्य विवरणहरू कागजातका रूपमा अलग–अलग संकलन गर्छन् । 

ग्राहकले फरक–फरक बैंकमा खाता खोल्दा बारम्बार कागजात पेश गर्नुपर्ने बाध्यता थियो । नयाँ प्रणाली लागू भएपछि एक बैंकमा पेश गरिएको विवरण अन्य बैंकले डिजिटल पहुँचमार्फत प्रयोग गर्न सक्नेछन् । 

राष्ट्र बैंकले यसको प्राविधिक पक्ष, डाटा गोपनीयता, साइबर सुरक्षा, तथा अन्तरबैंक समन्वयका लागि आवश्यक कानूनी तथा प्रविधिगत संरचना तयार पारिने उल्लेख गरेको छ 

salt training

कमेन्ट गर्नुहोस्