३२ असार २०८३, बिहीबार

मौद्रिक नीति : आवासीय घर कर्जाको सीमा ३ करोड पुर्‍याइयो

असार २७, २०८२
काठमाडौं
मौद्रिक नीति : आवासीय घर कर्जाको सीमा ३ करोड पुर्‍याइयो

नेपाल राष्ट्र बैंकले आवासीय घर कर्जाको सीमा २ करोडबाट बढाएर ३ करोड रुपैयाँ पुर्‍याएको छ । शुक्रबार सार्वजनिक मौद्रिक नीतिमार्फत घर कर्जाको सीमा १ करोड बढाएर ३ करोड पुर्‍याइएको हो ।

निजी आवासीय घर निर्माण या खरिद गर्न प्रवाह गर्ने कर्जाको सीमा २ करोडबाट बढाइ ३ करोड कायम गरिने छ ।

पहिलो घर निर्माण या खरिद गर्दा यस्तो कर्जा मूल्य अनुपात बढीमा ८० प्रतिशत सम्म र अन्यको हकमा ७० प्रतिशतसम्म कायम गर्न सक्ने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ ।

घरजग्गा कारोबारमा देखिएको मन्दी अन्त्यका लागि घर कर्जाको सीमा बढाउनु पर्ने बैंकरहरूले धारणा राख्दै आएका थिए ।

गभर्नर डा. विश्व पौडेलले अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशालाई लचिलो बनाइएको बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्