०१ साउन २०८३, शुक्रबार

अमेरिकाद्वारा द रेजिस्टेन्स फ्रन्ट 'आतंकवादी संगठन' घोषित

साउन २, २०८२
काठमाडौं
अमेरिकाद्वारा द रेजिस्टेन्स फ्रन्ट 'आतंकवादी संगठन' घोषित

अमेरिकाले 'द रेजिस्टेन्स फ्रन्ट'लाई 'विदेशी आतंकवादी संगठन' घोषणा गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले यो जानकारी दिँदै एक विज्ञप्ति जारी गरेको छ । 

विज्ञप्तिमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भनेका छन्, "लश्कर-ए-तैयबाको मोर्चा, फ्रन्टले अप्रिल २२ मा पहलगाममा भएको आक्रमणको जिम्मेवारी लिएको छ। यसमा २६ जना नागरिक मारिएका थिए।"

यसअघि भारतीयविदेश सचिव विक्रम मिश्रीले मे ७ मा एक प्रेस ब्रिफिङको क्रममा पहलगाम आक्रमणको लागि फ्रन्टलाई जिम्मेवार ठहराएका थिए।

salt training

कमेन्ट गर्नुहोस्