०५ साउन २०८३, मंगलबार

मुग्लिन-पोखरा सडक: कालोपत्रेपछि यस्तो देखियो तनहुँ खण्ड [तस्वीरहरू]

साउन ३, २०८२
काठमाडौं
मुग्लिन-पोखरा सडक: कालोपत्रेपछि यस्तो देखियो तनहुँ खण्ड [तस्वीरहरू]

मुग्लिन-पोखरा सडकअन्तर्गत तनहुँ खण्डको काम लगभग सकिएको छ ।

मुग्लिन–पोखरा सडक आयोजना पूर्वीखण्ड प्रमुख प्रकाशचन्द्र भण्डारीका अनुसार तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्म ४१.५ किलोमिटर चार लेन सडक कालोपत्रे भइसकेको छ । यसैगरी डुम्रे र दमौली बजारमा ६ लेनको सडक बनाइएको छ ।

null

'मेजर कामहरू सबै सकियो। छिटफुट कामहरू जस्तै: एप्रोच रोड र सडक सुरक्षाका कामहरू बाँकी छन् । टाफिक संकेतहरू राख्न बाँकी छ,' उनले भने ।

निर्माण व्यवसायीका प्रतिनिधि दिनेशकुमार श्रेष्ठले मादी नदीमा ३१८ मिटर लम्बाइको मोटरेबल पुल निर्माण भइरहेको बताए । तनहुँको सदरमुकाम दमौली नजिकै व्यास नगरपालिका–३ र ५ जोड्ने मादी नदीमा पृथ्वी राजमार्गकै सबैभन्दा लामो ‘आर्क डिजाइन’को चार लेनको पुल निर्माण भइरहेको छ ।

null

यो नेपालकै पहिलो चार लेनको मोटरेबल पुल रहेको मुग्लिन–पोखरा सडक आयोजना पूर्वी खण्डले जनाएको छ  । यो पुलको कूल लागत १ अर्ब २१ करोड छ । डिजाइन एण्ड बिल्ड ठेक्का अनुसार निर्माण सम्झौता भएको यो पुल नेपाली निर्माण कम्पनीले नै डिजाइन गरेको हो ।

एएनके निर्माण सेवा र चाइनिज निर्माण कम्पनीको संयुक्त रूपमा ठेक्का लिएर निर्माण भइरहेको यो पुलको करिब ५ वर्ष मर्मत सम्भार निर्माण कम्पनीले गर्नुपर्ने छ ।

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्