
काठमाडौं, २३ मंसिर - काठमाडौं क्षेत्र नम्बर तीनको प्रदेश ख मा वाम गठबन्धनका उम्मेदवार रामेश्वर फुयाँल विजयी भएका छन् ।
उनले नेपाली कांग्रेसका उम्मेदवार विमल ठकुरीलाई पराजित गरेका छन् ।
फुयाँलले १९ हजार ८ सय ८६ मत ल्याएका छन् भने ठकुरीले १० हजार ८ सय १९ मत पाएका छन् ।