०८ साउन २०८३, शुक्रबार

ह्वाइट हाउसले भन्यो - ट्रम्पले ६ वटा द्वन्द्व समाप्त गरे, नोबेल शान्ति पुरस्कार दिने समय आएको छ

साउन १६, २०८२
काठमाडौं
ह्वाइट हाउसले भन्यो - ट्रम्पले ६ वटा द्वन्द्व समाप्त गरे, नोबेल शान्ति पुरस्कार दिने समय आएको छ

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्ने समय आएको बताएकी छिन्।

राष्ट्रपति ट्रम्पले इजरायल-इरान र भारत-पाकिस्तानबीचको द्वन्द्वसहित ६ वटा द्वन्द्व समाप्त गरेको लेभिटले बताइन् । 

राष्ट्रपति ट्रम्पले आफ्नो ६ महिनाको कार्यकालमा प्रत्येक महिना औसतमा एउटा शान्ति सम्झौता वा युद्धविरामको मध्यस्थता गरेको उनको भनाइ छ । 

'डोनाल्ड ट्रम्पले थाइल्याण्ड र कम्बोडिया, इजरायल र इरान, रुवान्डा र कंगो गणराज्य, भारत र पाकिस्तान, सर्बिया र कोसोभो र इजिप्ट र इथियोपिया बीचको द्वन्द्व समाप्त गरेका छन्,' प्रेस ब्रिफिङको क्रममा उनले भनिन्, 'यसको अर्थ राष्ट्रपति ट्रम्पले आफ्नो छ महिनाको कार्यकालमा प्रत्येक महिना औसतमा एउटा शान्ति सम्झौता वा युद्धविरामको मध्यस्थता गर्नुभएको छ । अब राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्ने समय आएको छ ।'

यसअघि पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पनि राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिन सिफारिस गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्