०२ साउन २०८३, शनिबार
फेरि थपियो म्याद

चौथोपटक थपियो नारायणगढ-बुटवल  सडकको म्याद, २०८३ साउन  ७ भित्र निर्माण सक्ने दाबी

साउन १८, २०८२
काठमाडौं
चौथोपटक थपियो नारायणगढ-बुटवल  सडकको म्याद, २०८३ साउन  ७ भित्र निर्माण सक्ने दाबी

निर्माणाधीन बुटवल नारायणगढ सडक खण्डको म्याद फेरि एक वर्ष थप भएको छ ।

आयोजनाले दिएको जानकारीअनुसार २०८३ साउन ७ गतेसम्मका लागि चौथोपटक म्याद थप भएको हो ।

अर्थात्, २३ जुलाई २०२६ मा आयोजनाको काम सकिने भएको छ । यही साउन ८ गते आयोजनको म्याद सकिएको थियो ।

अहिलेसम्म ७० प्रतिशत भौतिक प्रगति भएको छ । दाउन्ने पूर्व र पश्चिम गरी दुई खण्डमा निर्माण जारी रहेको सडक अहिले बर्दघाटदेखि दुम्कीबाससम्म १४ किलोमिटरबाहेक अन्यत्र सहज छ ।

दाउन्ने खण्डमा पनि अहिले धमाधम ढलान कार्य भइरहेको छ । यो सडक बनेपछि बुटवल–नारायणगढ सडकको यात्रा डेढ घण्टामा छोटिने छ ।

salt training

कमेन्ट गर्नुहोस्