०५ साउन २०८३, मंगलबार

ट्रम्प भन्छन्- पुटिनसँग चाँडै भेटवार्ता हुन सक्छ

साउन २२, २०८२
काठमाडौं
ट्रम्प भन्छन्- पुटिनसँग चाँडै भेटवार्ता हुन सक्छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्धविरामको सम्बन्धमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग चाँडै भेट हुने सम्भावना रहेको बताएका छन् ।

बुधबार ट्रम्पका विशेष दूत स्टिभ विटकफले मस्कोमा राष्ट्रपति पुटिनलाई भेटेका थिए । यो भेटलाई 'उपयोगी र रचनात्मक' भनिएको छ।

युक्रेनमा युद्धविराममा सहमति जनाउन अमेरिकाले रुसलाई दिएको समयसीमा शुक्रबार सकिँदैछ ।

अमेरिकाले सम्झौता नभएमा रुसमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।

बुधबार नै अमेरिकाले भारतबाट आयात हुने सामानमा थप २५ प्रतिशत थप कर लगाउने घोषणा गरेको छ ।

भारतले रुसबाट तेल खरिद गर्ने सम्बन्धमा यो कदम चालिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्