
टर्कीका विदेशमन्त्री हाकान फिदानले इजरायलको गाजा शहर नियन्त्रण गर्ने योजनाको विरुद्ध मुस्लिम राष्ट्रहरूबीच एकताको आह्वान गरेका छन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार, शनिबार इजिप्टमा भएको वार्तापछि फिदानले उक्त योजनाको अन्तर्राष्ट्रिय स्तरमा विरोध गर्नुपर्ने बताएका हुन्। इजिप्ट र टर्की दुवैले शुक्रबार उक्त योजनाको निन्दा गरेका थिए।
अंकाराले यसलाई “इजरायलको नरसंहार र विस्तारवादी नीतिको नयाँ चरण” भन्दै यसलाई रोक्न विश्वव्यापी कदम आवश्यक रहेकोमा जोड दिएको छ।
शुक्रबार इजरायली सुरक्षा मन्त्रिपरिषद्ले गाजा शहर नियन्त्रण गर्ने योजनालाई अनुमोदन गर्दै पाँच बुँदा तय गरेको थियो। इजरायली सेनाले युद्ध अन्त्य गर्न र गाजा शहर नियन्त्रणमा लिन ती बुँदाअनुसार कार्य गर्ने जनाएको छ।