०६ साउन २०८३, बुधबार

ट्रम्प-पुटिन भेटघाटअघि अलास्कामा युक्रेन समर्थकहरूको प्रदर्शन

साउन ३०, २०८२
काठमाडौं
ट्रम्प-पुटिन भेटघाटअघि अलास्कामा युक्रेन समर्थकहरूको प्रदर्शन
तस्वीर : सीएनएन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको शिखर सम्मेलनअघि अलास्काको एन्कोरेजमा युक्रेनको समर्थनमा विरोध प्रदर्शन भइरहेको छ।

प्रदर्शनकारीहरूले 'अलास्का युक्रेनसँग उभिएको छ' लेखिएका ब्यानरहरू बोकेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शुक्रबार राति अबेर अमेरिकाको अलास्कामा भेट्ने कार्यक्रम छ।

ह्वाइट हाउसका अनुसार वार्ताको मुख्य मुद्दा युक्रेन युद्ध अन्त्य गर्नु हुनेछ । ६ वर्षपछि हुन लागेको दुई नेताबीचको भेटको एजेन्डा रुस-युक्रेन युद्ध रोक्नु हो ।

आफूलाई विश्वव्यापी शान्ति निर्माताको रूपमा चित्रण गर्ने अमेरिकी राष्ट्रपतिले युद्धविराम सफलता हासिल गर्न पुटिनसँगको आफ्नो व्यक्तिगत सम्बन्धलाई उपयोग गर्ने आशा राखेका छन् ।

 

ट्रम्प-पुटिनको भेट अलास्काको सबैभन्दा ठूलो शहर एन्कोरेजस्थित अमेरिकी सैन्य अड्डामा हुने छ । सीएनएनका अनुसार बैठकको क्रममा ट्रम्प-पुटिनबाहेक कोठामा दुई जना मात्र दोभाषे हुनेछन् । बैठकपछि दुवै नेताले पत्रकार सम्मेलन गर्नेछन् ।

 

वार्ताअघि, रूस र युक्रेनबीच तीखो बयानबाजी शुरू भएको छ । पुटिन रुसले कब्जा गरेको युक्रेनको लगभग २० प्रतिशत भूमि रुसमा समावेश गर्न चाहन्छन् । साथै, जेलेन्स्की युक्रेनको एक इन्च भूमि पनि दिन तयार छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्