![तिजको दरमा लोक व्यञ्जन : खसथाली [बनाउने तरिका]](https://lktcdn2.prixacdn.net/media/teej_khas_thali_2Qws2F80sH.jpg)
मध्ये पहाडी लोक व्यञ्जनहरू सदियौंदेखि चलेका परिकार हुन् । स्थानीय उत्पादन सामग्रीहरू प्रयोग गरेर तयार गरिने यो खालको व्यञ्जन क्षेत्री र कतै कतै ब्रामण समुदायमा पनि लोकप्रिय छन् । झण्डै डेढ दर्जन जिल्लामा फैलिएका यी खस व्यञ्जन अन्य समुदायले पनि रुचाउने र चाख् मानेर खाने गरेको पाइन्छ ।
पहाडी लोक व्यञ्जनहरू धेरैको मुखमा झुन्डिने हुँदा व्यवसायिक रूपमा पनि यी लोक व्यञ्जनहरू शहर शहरका होटल रेस्टुरेन्टहरूमा पाइन थालिएको छ। पहाडको चिसो हावापानीमा उत्पादन भएका सामग्री प्रयोग गरेर तयार गरिएका परिकारहरूको स्वाद नै फरक हुने हुँदा बिस्तारै खस व्यञ्जनहरू लोकप्रिय हुँदै गएको छ ।
हिन्दु महिलाहरूको महान चाड तिजको दरका लागि पहाडी लोक व्यञ्जन खसथाली धेरैको रोजाइमा पर्न सक्छ। यो थाली घरमा पनि सहज रूपमा तयार गरेर पस्कन सकिन्छ। स्वास्थ्यका हिसाबले उत्तम मानिएको यो थाली आफ्नै गाउघरको रैथाने सामग्री प्रयोग गरेर तयार गरिएको हुन्छ ।
कसरी बन्छ खस थाली?
खस थालीमा बेसारे मेथी भात,सिमी बोडी मस्याङ्गको दाल,आलुको भुजिया,साग साँदेको,खसीको पक्कु या भुटुवा,सिमी या बोडीको तिउन,सिलमको छोप अचार,भैँसीको दही,मुला,काक्रो कागती पस्कन सकिन्छ । जिल्ला अनुसार उपलब्ध नहुने चिजका लगि आन्य कयौँ वैकल्पिक परिकारहरू समावेश गर्ने गरिन्छ ।
बेसार मेथी भात बनाउन सर्वप्रथम घ्यु र तताउने मेथीको दाना फुराउने । अब पखालेर भिजाएको पहाडी ताइचीन या घैया छानेर भुट्ने ।
थोरै बेसार हाल्ने र राम्ररी चलाउने । अब आवश्यकताअनुसार पानी र हल्का गुलियो खान मन हुनेले सख्खर या चिनी हालेर पकाउने । पाक्नासाथ तातो तातो पस्कने ।
सिमी बोडी मस्याङ्गको दाल बनाउन दाल हल्का जातोमा पिसेको दरदरा च्याख्ला खालको दाललाई बेसार,नुन,पानी र थोरै तेल हालेर तीन याआ चार सिठ्ठी लगाउने । अब घ्यु तताएर छ्यापी या डन्डु फुराएर झान्ने र पस्कने ।
आलुको भुजिया बनाउँदा आलुलाई ताछेर मसिनो रेसागरी जुलिएनमा काट्ने । नुन पानीमा एकछिन भिजाएर पानी छान्ने र तारेको तेलमा कुरुम कुरुम हुने गरी तार्ने अब थोरै नुन,खुर्सानीको धुलो र थोरै जिराको धुलो मिसाएर तयार गर्ने ।
साग सादेको तयार गर्न फापरको साग,लट्टेको साग या पालुङ्गोको सागलाई हल्का नुन पानीमा उसिनेर चिस्याई भुटेको भटमासको छोप,खुर्सानी र थोरै चुक अमिलो हालेर मज्जाले मुछ्ने।
खसीको पक्कु बनाउन बाक्लो ढलौटको कसौडीमा तोरीको तेल तताएर राम्रो राम्रो पिस खसीको मासुलाई छानेर भुट्ने । आवश्यकताअनुसार नुन हालेर नरम आचमा छोपेर पट्टपट आवाज आउने गरी छोपेर पाक्न दिने । ईक्छा हुनेले आन्य मसला हालेर केहीबेर भुटेपश्चात पस्कँदा हुन्छ । नत्र नुनमा मात्र भुटेको पनि पक्कु स्वादिष्ट हुन्छ ।
सिलमको छोप बनाउन सिलम,सुकेको खुर्सानीलाई हल्का भुटेर नुन हालि पिस्ने र अन्तमा थोरै चुक हालेर मोल्नासाथ तयार हुन्छ ।
सिन्की या मस्यौराको तरकारी बनाउँदा घ्यु या तेल तताएर मस्यौरा या सिन्कीलाई हल्का भुटेर एल साइडमा राख्ने । अब तेलमा खुर्सानी डडाएर मसिनोगरी काटेको आलु,नुन मसला र हल्का गोल्भेडा हालेर पकाउने । अब लेदो हुनासाथ सिन्की याआ मस्यौरा हालेर चलाउने र एकछिन पकाउनुससाथ तयार हुन्छ ।
यसरी तयार भएको सबै परिकारलाई एक थालीमा पस्कने र काक्रो मुला कागतीको सलाद एल छेउमा सजाउने। आबा ठेकीको एक गिलास महीका साथमा खस थाली पस्कने ।
क्षेत्री समुदायको बाहुल्य रहेकोले मासु धेरै मन पकाउने हुँदा यो थालीमा लोकल कुखुराको मासु या खोलाको माछा समावेश गरेर पनि पस्कने गरिन्छ । ब्रामण समुदायमा भने कसै कसैले खसीको मासु समावेश गर्छन् भने आन्य अधिकाम्स शाकाहारी हुन्छन् ।