३० असार २०८३, मंगलबार

पुटिनसँगको भेटपछि ट्रम्पसँग भएको संवादबारे बोले राष्ट्रपति जेलिन्स्की

साउन ३१, २०८२
काठमाडौं
पुटिनसँगको भेटपछि ट्रम्पसँग भएको संवादबारे बोले राष्ट्रपति जेलिन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको आफ्नो टेलिफोन संवादबारे जानकारी दिएका छन्।

राष्ट्रपति जेलिन्स्कीले रुससँग स्थायी शान्ति कायम गर्न युद्धविराम, युक्रेनी युद्धबन्दीहरूको रिहाइ र लडाइँ जारी रहँदासम्म रुसमाथि कडा दबाब कायम राख्नुपर्नेमा जोड दिएका छन्।

जेलिन्स्कीले एक्समा लेखेका छन्, “राष्ट्रपति ट्रम्पसँगको कुराकानीमा मैले भनेँ— यदि त्रिपक्षीय बैठक हुँदैन वा रुसले ईमानदारीपूर्वक युद्ध अन्त्य गर्नबाट पन्छिन खोज्छ भने रुसमाथि अझ कडा प्रतिबन्ध लगाउनुपर्छ।”

उनले थप लेखेका छन्, “युक्रेनका लागि महत्वपूर्ण सबै विषयमा छलफल युक्रेनको उपस्थितिमै हुनुपर्छ। विशेषगरी, भू–भागसम्बन्धी कुनै पनि निर्णय युक्रेनबिनै लिन सकिँदैन।”

शुक्रबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा बैठक भएको थियो। सो बैठकपछि ट्रम्पले युक्रेनी राष्ट्रपति जेलिन्स्कीलाई फोन गरेका थिए। राष्ट्रपति जेलिन्स्की सोमबार अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्