०४ साउन २०८३, सोमबार

ट्रम्पले वासिङ्टन डीसीमा राष्ट्रिय गार्डको तैनाथी बढाए

भदौ १, २०८२
काठमाडौं
ट्रम्पले वासिङ्टन डीसीमा राष्ट्रिय गार्डको तैनाथी बढाए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वाशिङ्टन डीसीमा थप गार्ड तैनाथ गर्ने तयारी गरेका छन् । उनको आदेशमा, पश्चिम भर्जिनिया, दक्षिण क्यारोलिना र ओहायोका गभर्नरहरूले शनिबार आफ्ना राज्यका राष्ट्रिय गार्डहरूलाई वाशिङ्टन पठाउने घोषणा गरेका हुन् । 

पश्चिम भर्जिनियाबाट ३००-४०० राष्ट्रिय गार्डहरू, दक्षिण क्यारोलिनाबाट २०० र ओहायोबाट लगभग १५० राष्ट्रिय गार्डहरू आउनेछन् । हाल ८०० राष्ट्रिय गार्डहरू वाशिङ्टनमा तैनाथ छन् । ट्रम्पले तिनीहरूलाई प्रत्यक्ष रूपमा नियन्त्रण गर्छन् ।

यी तीन राज्यबाट लगभग ७०० अतिरिक्त सैनिकहरूको आगमनसँगै, वासिङ्टनमा राष्ट्रिय गार्डहरूको संख्या लगभग दोब्बर हुनेछ । यद्यपि, राष्ट्रिय गार्डहरूको तैनाथीको विरोधमा मानिसहरूले शनिबार विरोध प्रदर्शन गरेका थिए ।

यसअघि अगस्ट १२ मा ट्रम्पले वासिङ्टनलाई केन्द्रीय सरकारको नियन्त्रणमा लिएका थिए । उनले राजधानीको अवस्था नियन्त्रण बाहिर रहेको र राजधानीमा बिग्रँदै गएको कानून व्यवस्थालाई फेरि ट्र्याकमा ल्याउन आवश्यक रहेको बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्