०४ साउन २०८३, सोमबार

पाकिस्तानको पञ्जाबमा बाढीबाट १७ जनाको मृत्यु, १४ लाख मानिस प्रभावित

भदौ १४, २०८२
काठमाडौं
पाकिस्तानको पञ्जाबमा बाढीबाट १७ जनाको मृत्यु, १४ लाख मानिस प्रभावित

पाकिस्तानको पञ्जाबमा बाढीबाट १४ लाख मानिस प्रभावित भएका छन् । रवि, चेनाब र सतलज नदीमा पानीको बहाव बढेका कारण यी मानिसहरू प्रभावित भएका हुन् । 

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले भारतबाट आउने वर्षा र पानीका कारण अवस्था बिग्रन सक्ने चेतावनी दिएको छ।

लाहोरका धेरै क्षेत्रहरू पानीमा डुबेका छन् । बाढी प्रभावित मानिसहरूलाई सुरक्षित स्थानमा लगिएको पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन् । 

रवि नदीको पानी अब किनारमा बस्ने मानिसहरूको घरमा पस्न थालेको छ । 

पञ्जाब प्रहरीले बाढीबाट प्रभावित ६२ हजारभन्दा बढी मानिसहरू र ५० हजारभन्दा बढी जनावरहरूलाई सुरक्षित स्थानमा लगिएको बताएको छ।

अधिकारीहरूले चेनाब र रवि नदीमा बाढीको चेतावनी जारी गरेका छन् । पाकिस्तानमा बाढीको सबैभन्दा बढी प्रभाव सियालकोटमा देखिएको छ।

पञ्जाबका अधिकारीहरूले हालसम्म प्रान्तका विभिन्न क्षेत्रमा बाढीका कारण १७ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

बाढी र वर्षाबाट प्रभावित क्षेत्रहरूमा सार्वजनिक र निजी शैक्षिक संस्थाहरू बन्द छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्