×

NMB BANK
NIC ASIA

वामपन्थी गठबन्धनले जितेपछि डाक्टरहरूको आश – स्वास्थ्य क्षेत्रमा व्यापक सुधार

मंसिर २७, २०७४

NTC
Premier Steels

काठमाडौं,२७ मंसिर– हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा वाममन्थी गठबन्धनले बहुमत प्राप्त गरेका छन् । समानुपातिक तर्फको मतगणनाले वामपन्थी दलले दुईतिहाइ मत पाउने नपाउने यकिन हुनेछ ।  
वामपन्थी गठबन्धनले बहुमत पाएपछि देशमा स्थिर सरकार बन्ने र समृद्धिको बाटो खुल्ने कतिपयले आशा व्यक्त गरेका छन् । राजनीतिक अस्थिरता विरुद्ध स्थिर सरकार र सुशासनको नारा लिएर चुनावमा उठेका  वाम गठबन्धले नेपाली जनताको उत्ताहजनक मत प्राप्त गरेको छ । 

Muktinath Bank

वामपन्थी गठबन्धनप्रति नेपालका चर्चित विशेषज्ञ चिकित्सकहरुको धारणा के छ ? लोकान्तरसँगको कुराकानीमा केहीले आशा व्यक्त गरे भने केहीले वामपन्थी गठबन्धनको सरकारका काम हेरेर प्रतिक्रिया दिने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वामपन्थीहरुको लागि राम्रो अवसर : डा. रिजाल
नेपालका वरिष्ठ चिकित्सक एवं स्त्रीरोग विशेषज्ञ डाक्टर भोला रिजालले यसपटकको चुनावले वामपन्थी गठबन्धनलाई राम्रो अवसर दिएको बताएका छन् । जनताले स्थायी सरकार बनोस भनेर वामपन्थी गठबन्धनलाई छानेको उनले बताए ।


Advertisment
Nabil box
Kumari
वामपन्थीहरुलाई जनताले सत्ताको खेल र हरेक क्षेत्रमा भइरहेको राजनीतिकरण बन्द गरेर कसैको प्रलोभनमा नपरि जनमुखी काम गर्ने अवसर दिएका हुन् ।

‘प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको मतपरिणामले जुन लहर ल्याएको छ, यो स्थायी सरकार बनोस् भन्ने जनताको चाहना हो । सबै पार्टी मिलेर सरकार एक भएर विकास गरोस्, भष्ट्राचार निर्मुल होस् भनेर वामपन्थीलाई जनताले समर्थन गरेका छन् ।’ उनले लोकान्तरसंगको कुराकानीमा भने, ‘यो वामपन्थीहरुको लागि राम्रो अवसर हो । वामपन्थीहरुलाई जनताले सत्ताको खेल र हरेक क्षेत्रमा भइरहेको राजनीतिकरण बन्द गरेर कसैको प्रलोभनमा नपरि जनमुखी काम गर्ने अवसर दिएका हुन् ।’

Vianet communication

राजनीतिक अस्थिरताको कारण नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा नकारात्मक प्रभाव रहेका भन्दै उनले स्थायी सरकार बनेपछि शिक्षा र स्वास्थ्यको क्षेत्रमा उल्लेख्य सुधार हुने अपेक्षा गरे । 

‘सरकारी लगानीमा संचालित स्कुल, अस्पतालहरुमा राजनीतिकरण हुँदा, पढ्ने क्षमता भएका विद्यार्थीले अवसर पाएका छैनन् । दक्ष चिकित्सको समस्या पनि व्याप्त छ ।’ उनले भने, ‘अबको सरकारले स्कुल, कलेज, अस्पताल लगायत हरेक क्षेत्रमा भइरहेको राजनीतिकरण बन्द गर्नुपर्छ ।’

पूर्ण विश्वास गर्ने अवस्था छैन : डा कोइराला
मुटु रोग विशेषज्ञ डा.भगवान कोइरालाले पनि वाम गठबन्धनले प्राप्त गरेको मतलाई जनताले दिएको अवसरको रुपमा हेरेका छन् । लोकतन्त्रको आधारशिला निर्वाचन भएको बताउँदै डा. कोइरालाले निर्वाचनमा हार्ने पार्टीले जनता सामु आगामी दिनमा राम्रो काम गरेर जनताको विस्वास जित्ने प्रयास गर्नुपर्ने र जित्ने पार्टीले सरकारमा राम्रो काम गर्नुपर्ने धारणा राखे ।

वामगठबन्धनले स्थिर सरकारमा रहने अवसर पाएको छ, आफ्नो दल, पक्षप्रतिपक्ष नभनी देश र जनताको हितमा काम गर्न सक्यो भने राम्रो हुन्छ ।

उनले सरकार गठन नभए सम्म वाम गठबन्धनलाई पूर्ण रुपमा विस्वास गर्न नसकिने बताए ।

‘वामगठबन्धनले स्थिर सरकारमा रहने अवसर पाएको छ, आफ्नो दल, पक्षप्रतिपक्ष नभनी देश र जनताको हितमा काम गर्न सक्यो भने राम्रो हुन्छ ।’ डा.कोइरालाले लोकान्तरसँग भने, ‘देश र जनताको हितमा विकास गर्छन् वा गर्दैनन् भनेर ठोकुवा गर्न मिल्दैन । अब सरकार गठन भएपछि नै भन्न सकिन्छ । कस्तो व्यक्तिलाई राख्छन् । जनताको मतको कदर हुन्छ वा हुदैन अब बन्ने सरकारको कार्यशैलीलमा भर पर्छ ।’

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा केही राम्रा उम्मेदवारले पनि हारेको उनको बुझाइ छ ।

राम्रो काम नगरे आर्कोपटक वामपन्थीको हालत खराव : डा अरुणा
प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा राजनीतिक दलहरुले महिलाको मुद्धामा जनतालाई धोका दिएको डाक्टर अरुणा उप्रेतीले बताइन् । अन्य समयमा महिलालाई सवल,सक्षम र राजनीतिक अधिकार दिनुपर्छ भनेर आवाज उठाएपनि संसदमा पुग्ने समयमा महिलालाई सहभागीता नगराएको उनको आरोप छ । 

‘सबै राजनीतिक दलहरुले यो चुनावमा महिलाहरुलाई एकदमै कम मौका दिए । जुन ठाउँमा आफ्नो दलको अवस्था कमजोर छ, त्यहि ठाउँमा महिलाहरुलाई नामको लागि मात्रै उम्मेदवार बनाए ।’ डा. उप्रेतीले लोकान्तरसंग भनिन्, ‘संघीय संरचनामा ३३ प्रतिशत महिला हुनेपर्ने संविधानमा नै उल्लेख गरिएको छ । तर अहिलेसम्म पाँच जना मात्रै महिला निर्वाचित भएका छन् । समानुपातिकमा  ८० प्रतिशत महिला आएनन् भने, संविधानको धज्जी उठाएको जस्तो हुन्छ ।’

अहिलेको सरकारले जनतालाई मुर्ख सोचेर देश विकास नगरेकोले वामपन्थीलाई भोट दिएर जनताले सबक सिकाएको डा.उप्रेतीको तर्क छ ।

वाम गठबन्धनले जनताले खोजे अनुरुप कार्य गर्न सकेनन् भने अर्को पटक साथ दिदैनन् । विवेकशीलका उम्मेदवारलाई आएको भोटले पनि यो कुरा सावित गरेको छ ।

उनले भनिन्,‘ वाम गठबन्धनले स्पष्ट स्थायी सरकार बनाउने र विकास गर्ने निति लिएकाले जनताले आसा गरेर भोट दिएका हुन् । वाम गठबन्धनले जनताले खोजे अनुरुप कार्य गर्न सकेनन् भने अर्को पटक साथ दिदैनन् । विवेकशीलका उम्मेदवारलाई आएको भोटले पनि यो कुरा सावित गरेको छ । जनताहरु नयाँ र सफल राजनीतिज्ञको खोजीमा छन् ।’

राजनीतिक अवस्थाले शिक्षा र स्वास्थ्यमा प्रभाव पारेको भन्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई मेडिकल हब बनाउछु भनेर जनतालाई आसा देखाउनु गतल भएको बताइन् । 

‘स्वास्थ्य क्षेत्रको विकास गर्ने भन्दै अस्पताल मात्रै खोलेर हुदैन । नेपालमा राम्रा डाक्टर उत्पादनको लागि मेडिकल शिक्षामा ध्यान दिनुपर्यो, सरकारी मेडिकल कलेजहरु, संचालनमा रहेका सरकारी अस्पतालहरुलाई पहिला व्यवस्थित गर्नुपर्यो ।, ‘एमाले अध्यक्ष ओलीले मेडिकल हब बनाउँछु भनेर दिएको भाषणको आलोचना गर्दै डा. उप्रेतीले भनिन्, ‘नेपालमा अहिले मेडिकल हब बनाउन जरुरत छैन । पहिला सरकारी स्वास्थ्य र शिक्षाको क्षेत्रमा सुधार गर्नुपर्यो । सरकारी अस्पताल र शैक्षिक संस्थाको हालत गहिगुज्रेको छ त्यसलाई व्यवस्थापन गनुपर्यो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x