
एनएमबि बैंकले सर्लाहीको लालबन्दी- ५ मा अवस्थित श्री अमर जैन विद्यालयलाई स्कूल ब्याग र वाटर डिस्पेन्सर प्रदान गरेको छ ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयमा आयोजित एक कार्यक्रमका बीच विद्यार्थीहरूलाई स्कूल ब्याग र वाटर डिस्पेन्सर हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
बैंकले शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरूको शैक्षिक उन्नयनलाई सहयोग पुऱ्याउने आफ्नो प्रतिबद्धता अनुरूप यो कार्यक्रम गरेको हो ।
बैंकले शिक्षालाई दिगो विकासको आधारशिला मान्दै विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाको पहुँच पुर्याउन सहयोग गर्ने लक्ष्य राखेको छ । यस पहलले विद्यालयको शैक्षिक वातावरणलाई अझ सुदृढ बनाउनुका साथै विद्यार्थीहरूलाई थप प्रोत्साहन मिल्ने अपेक्षा बैंकको छ ।
कार्यक्रममा लालबन्दी वडा नम्बर ५ का वडाध्यक्ष रामप्रसाद ढुंगेलको प्रमुख आतिथ्य रहेको थियो।
उनले एनएमबि बैंकको यस पहलको प्रशंसा गर्दै यस्ता कार्यहरूले समाजमा सकारात्मक प्रभाव पार्ने बताए ।
त्यस्तै, एनएमबि बैंकका मधेश प्रदेश प्रमुख दीपेन्द्रकुमार मिश्र र लालबन्दी शाखाका प्रबन्धक अरुण आचार्यले बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा निरन्तर सक्रिय रहने प्रतिवद्धता जनाए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी र स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
सबै सहभागीहरूले बैंकको यस उदाहरणीय कार्यको सराहना गरेका थिए । एनएमबि बैंकले भविष्यमा पनि समाज र राष्ट्रको हितका लागि यस्तै रचनात्मक र सामाजिक रूपमा जिम्मेवार कार्यक्रमहरू सञ्चालन गर्ने वाचा गरेको छ ।
एनएमबि बैंकले हाल देशभरि २०२ शाखा, १८७ एटीएम र ९ एक्स्टेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।