२८ असार २०८३, आइतबार

हमासले जारी गर्‍यो नयाँ भिडियो, दुई इजरायली बन्धक देखिए

भदौ २१, २०८२
काठमाडौं
हमासले जारी गर्‍यो नयाँ भिडियो, दुई इजरायली बन्धक देखिए

हमासले एउटा नयाँ भिडियो जारी गरेको छ, जसमा दुई इजरायली बन्धकहरू देखिएका छन् । ७ अक्टोबर २०२३ मा इजरायलमा भएको आक्रमणको क्रममा हमासले उनीहरूलाई बन्धक बनाएको थियो ।

भिडियोमा गाइ गिल्बोआ-दलाल अगस्टको अन्त्यमा गाजा शहरमा रहेको दाबी गरिएको छ।

भिडियोमा उनी र अन्य आठ जनालाई बन्धक बनाइएको र इजरायलको जमिनको कारबाहीको बाबजुद पनि यहीं रहने कुरा पनि भनिएको बीबीसीले जनाएको छ । समाचारअनुसार भिडियोमा अर्का बन्धक एलोन ओहेल पनि देखिएका छन्।

यसअघि, हमासले साझा गरेको इजरायली बन्धकहरूको भिडियोलाई विश्वभरका नेताहरू र पीडित परिवारहरूले 'प्रचार' भनेर निन्दा गरेका थिए।

इजरायलका अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन-गियोरले गाजाको पूर्ण कब्जा गर्नु नै बन्धकहरूलाई सुरक्षित रूपमा फिर्ता गर्ने एक मात्र तरिका भएको बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्